सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एप्पल आपूर्तिकर्ता फक्सकनले किन माग्यो माफी ?

२०७९ मंग्सिर ८, बिहिबार

काठमाण्डौः एप्पल आपूर्तिकर्ता फक्सकनले आफ्नो भुक्तान प्रणालीमा ‘प्राविधिक त्रुटि’ को लागि माफी मागेको छ । चीनमा आईफोन कारखानामा विरोध प्रदर्शन चर्किरहेका बेला फक्सनले माफी मागेको हो । सयौं कामदारहरू केही दिनदेखि कोभिड प्रतिबन्धहरू र बाँकी तलब भुक्तानीको दाबी गर्दै झेंग्झाउ शहरमा रहेको विश्वको सबैभन्दा ठूलो आईफोन कारखानामा मार्च गरिरहेका छन् ।

प्रहरीले कर्मचारीहरूलाई कुटपिट गरेको प्रदर्शनको भिडियाे प्रत्यक्ष प्रसारण गर्नेहरूले बताएका छन् । गत महिना बढ्दो काेभिड संक्रमणबीच कारखाना बन्द भएको थियो । केही कामदारहरू कम्पनीबाट बिदा भएका थिए । त्यसपछि कम्पनीले उदार बोनसको वाचाका साथ नयाँ कामदारहरू भर्ना गरेको थियो ।

राष्ट्रिय स्वास्थ्य व्युरोका अनुसार बुधबार एकै दिनमा चीनमा ३१ हजार ४४५ जनामा संक्रमण देखिएको छ । बेइजिङको कठोर शून्य–कोभिड नीतिअन्तर्गत प्रकोप फैलिने वित्तिकै सम्पूर्ण शहरहरू बन्द गर्ने र संक्रमित बिरामीलाई क्वारेन्टाइनमा राखिन्छ जसका कारण सर्वसाधारण ठूलो सास्ती भोग्न बाध्य छन् । यस नीतिको सर्वसाधारणले विरोध गर्दै आएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इन्डोनेसियाको भूकम्पमा मृत्यु हुने ३१० पुगे

युक्रेन युद्धः विजुली नभएपछि अध्यारो बालकको मुटुको शल्यक्रिया

युक्रेनमा खटिएका सेनाका आमासँग पुटिनको भेटः पर्याप्त हतियार उपलब्ध नगराइएको गुनासो

चिनियाँ राष्ट्रपति सीले उत्तर कोरियाली नेतालाई लेखे पत्र, यस्तो छ सन्देश

ग्रेटा थनबर्गसहित ६०० जनाले किन दायर गरे सरकारविरुद्ध मुद्दा ?

आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु

फ्रान्सको पहिलो कृत्रिम स्याटलाइटदेखि मुम्बइमा अतिवादी हमला भएको त्यो दिन

ईयूद्वारा ‘रूस आतंकवादी राष्ट्र’ घोषणा, अब के होला ?

घरमा आगलागी हुँदा १० को मृत्यु, नौ घाइते

स्कटल्यान्डले एकतर्फी रुपमा छुट्टिने विषयमा जनमत संग्रह गर्न नपाउने

युरोपेली संसद्ले गर्‍यो रुसलाई ‘आतंकवाद प्रायोजन गर्ने राज्य’ घोषणा

डढेलो लगाएको भन्दै निर्दोष युवकलाई जिउँदै जलाउने ४९ जनालाई मृत्युदण्ड

%d bloggers like this: