सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उत्कृष्ट कर तिरेवापत नोबेल मेडिकल कलेज सम्मानित

२०७९ मंग्सिर ८, बिहिबार

काठमाण्डौः डाक्टर सुनिलकुमार शर्माले नेतृत्व गरेको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ् हस्पिटल यस वर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायकमध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको रूपमा सम्मानित भएको छ ।

११ औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार काठमाडौंमा आर्थिक वर्ष २०७७ र ७८  मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट कर तिरेवापत नोबेल मेडिकल कलेज सम्मानित भएको हो।कलेजले गत आर्थिक वर्षमा १६ करोड ६६ लाख आयकर तिरेको थियो । यो भ्याट र टिडिएस बाहेकको रकम हो ।

नोबेल मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा. भागेन्द्रप्रसाद उपाध्यायले राम्रो सेवा दिँदै सर्वाधिक आयकर तिर्ने संस्था बन्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् ।

जनतालाइ गुणस्तरीय सेवासँगै राज्यलाई सबैभन्दा बढी आयकर तिर्ने संस्था बन्दा गर्व लागेको छ । उपाध्यायले भने “सरकारको नियम पालन गरेर सर्वाधिक आयकर तिर्ने संस्था बन्न पाउनु खुसी र गौरवको विषय हो” डाक्टर सुनिलकुमार शर्माको कुशल नेतृत्व र राष्ट्रप्रतिको इमानदारीले यो सम्भव भएको भन्दै उपाध्यायले यो सम्मानले थप उर्जा बढेको र आगामी दिन पनि यो विश्वासलाई कायम राख्ने गरी काम गर्ने बताए ।

नोबेल मेडिकल कलेज विराटनर यसअघि पनि दुई पटक शिक्षा र स्वास्थ्य क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने संस्थाका रुपमा सरकारबाट सम्मानित भइसकेको छ। गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

 थप १ जनामा कोरोना सङ्क्रमण पुष्टी, २९ जना निको

युक्रेन युद्धः विजुली नभएपछि अध्यारो बालकको मुटुको शल्यक्रिया

२४ घण्टामा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टी, २८ जना निको

एसिड आक्रमणमा परेकाहरुको नि:शुल्क उपचार गर्न सरकारले तोक्यो ४ अस्पताल

२० वर्ष नपुग्दै सन्तान जन्माउने किशोरीको संख्या घट्योः प्रतिवेदन

ननस्टिक भाँडा स्वास्थ्यका लागि घातक बन्दै

थाइराइड भएमा शरीरमा देखिन्छ यस्तो संकेत

थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टी

सन् २०२१ मा ४ करोड मानिसले दादुरा खोप लगाएनन्ः डब्लूएचओ

मुम्बईमा दादुराबाट १२ बालबालिकाको मृत्यु

चीनमा कोभिड बढेको बढ्यै, सरकार फेरि फर्कियो लकडाउन र सामूहिक परीक्षणमा

२४ घण्टामा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टी, २० जना निको

%d bloggers like this: