सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नेप्सेमा दोहोरो अंकको वृद्धि, ९२ करोड ५१ लाखको कारोबार

२०७९ मंग्सिर ८, बिहिबार

काठमाण्डौः सातको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको सुधार भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण आइतबार र सोमबार बन्द रहेको सेयर बजार मंगलबारदेखि मात्रै खुलेको थियो । मंगलबार र बुधबार लगातार दुई दिन गिरावट भएको बजार परिसूचक नेप्से बिहीबार भने दोहोरो अंकले बढेर बन्द भएको छ ।

बिहीबार बजार परिसूचक नेप्से ११.५६ अंक (०.६० प्रतिशत) ले बढेर १९३३.५५ अंकमा बन्द भएको छ । बिहीबार निर्जीवन बीमा बाहेक सबै उपसूचकमा वृद्धि भएका छन् । निर्जीवन बीमा उपसूचक भने ०.०४ प्रतिशतको सामान्य गिरावट भएको छ । बजार परिसूचकमा सुधार भएपनि कारोबार रकम भने १ अर्ब पनि पुग्न सकेन । बिहीबार बजारमा कुल २५ लाख ६९ हजार २२९ कित्ता सेयर किनबेच हुँदा ९२ करोड ५१ लाख ७४ हजारको कारोबार भएको छ ।

जसमध्ये शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सर्वाधिक ७ करोड ६२ लाख ४८ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ६ करोड ८० लाख ४१ हजार र एनआईसी एशिया बैंकको २ करोड ९३ लाख ७ हजारको कारोबार भएको छ । बिहीबार बजारमा कुल १९० कम्पनीको सेयर कारोबार हुँदा १२४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ४९ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा १७ कम्पनीको भने स्थिर छ ।

बिहीबार कारोबार भएकामध्ये घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सवार्धिक ६.८३ प्रतिशतले वृद्धि हुँदा आरएमडीसी लघुवित्तको ६ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ४.८९ तथा साना किसान लघुवित्तको सेयर मूल्य ४.८१ प्रतिशतले बढेको छ । यता किसान लघुवित्तको सेयर मूल्य २.८९ प्रतिशतले गिरावट हुँदा सिटिजन्स म्युचुअल फण्ड २ को इकाइ मूल्य २.०८ प्रतिशत तथा समता घरेलु लघुवित्तको सेयर मूल्य १.९७ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

नेशनल लाइफले १ सय ५० जनालाई दियो अभिकर्ता प्रशिक्षण

नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वरा नगद लाभांश प्रस्ताव

सातामा ३ सयले घट्यो सुन, चाँदी बढ्यो

बुद्ध जन्मस्थल संरक्षणबारे अन्तर्राष्ट्रिय गोष्ठी

सहकारीविरुद्धको उजुरी बढेपछि तात्यो काठमाडौं महानगर, जारी गर्‍यो १२ बुँदे निर्देशन

ओरेण्टल सहकारीमा फसेको १० अर्ब ८३ कराेड बचतकर्तालाई फिर्ता गराउँदै सरकार

पाँच जलविद्युत् कम्पनीले पाए आईपीओ जारी गर्ने अनुमति

कोरियामा कामदार पठाउन हवाई टिकट छाप्‍ने सरकार तयारी

‘मेरो डिजिटल देश’ अभियानको प्रवर्द्धनका लागि राजेश हमाल यूएई जाँदै

प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो वृद्धि

संकटमा नेपाली उद्योग

%d bloggers like this: