सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काठमाडौंका नौ सांसदलाई बालेनको बधाई, भन्छन्- सहकार्य गरी काठमाडौं बनाउन आतुर छु

२०७९ मंग्सिर ८, बिहिबार

काठमाण्डौः काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले जिल्लाका नवनिर्वाचित नौ सांसदलाई बधाई तथा शुभकामना दिएका छन् । उनले नवनिर्वाचित सांसदहरूसँग सहकार्य गरी राम्रो काठमाडौं बनाउन आतुर रहेको जनाएका छन् ।

उनले हालै सम्पन्न निर्वाचनमा सबै उम्मेदवारको कोसिसप्रति आफ्नो सम्मान पनि रहेको बताएका छन् । काठमाडौं महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन नवनिर्वाचित सांसदहरू सबैको साथ आवश्यक हुने उल्लेख गरेका छन् ।

‘भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरुको कोसिसको सम्मान छ । निर्वाचितहरुलाई बधाई र शुभकामना छ । काठमाडौं महानगरपालिका देशकै राजधानी हो । देशभरिका मानिसहरुको प्रत्यक्ष सरोकारका धेरै बिषयमा काठमाडौं महानगर जोडिनुपर्ने अवस्था हुन्छ । काठमाडौं महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक ऊर्जा र उदाहरण प्रवाह गर्न सक्दछ । तर कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरु यसरी अन्तरसम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ । खोला किनार ब्यवस्थापन, फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरुको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्दछ । काठमाण्डौँ महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन तपाईहरु सबैको साथ आवश्यक हुनेछ । तपाईहरुसँग सहकार्य गरि काठमाण्डौँ बनाउन हामी आतुर छौँ,’ बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।

काठमाडौं महानगरपालिकामा काठमाडौं १, २, ३, ४, ५, ६, ७, ८ र ९ निर्वाचन क्षेत्र पर्छन् । बालेनले नौ क्षेत्रबाटै जितेका सांसदहरूको तस्बिर राखेर सामाजिक सञ्जालमा बधाई र शुभकामना दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लोकतान्त्रिक अभ्यासमा हार जित स्वाभाविक हो : नेता सिटौला

सुनसरी २ बाट भीम आचार्य निर्वाचित

गृहमन्त्री खाणले दिए दीपक बोहोरालाई बधाइ

प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

कपिलवस्तु – २ काँग्रेसका आचार्य विजयी

रवि लामिछानेको चुनावी खर्च : ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ मात्र

गृहमन्त्रीलाई पछि पार्दै बोहराको अग्रता कायम

देउवा क्याविनेटका १२ मन्त्री : कसले जिते, कसले हारे ?

गण्डकीमा ३३ सिट टुंगियो : कांग्रेस १६, एमाले ११ सिटमा विजयी

७० करोड घुसकाे आरोपलाई काभ्रेली जनताले खारेज गरिदिएः बास्कोटा

प्रचण्डले लिए गोरखा २ बाट निर्वाचित प्रमाणपत्र, बाबुराम गएनन्

सवारी चालक अनुमतिपत्रको आवेदन आइतबारदेखि खुल्ने

%d bloggers like this: