सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

यी चार चर्चित अनुहार जसले जमानत जोगाउन सकेनन्

२०७९ मंग्सिर ८, बिहिबार

काठमाडौंः प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ । यस पटकको परिणाम विगतका निर्वाचनभन्दा भिन्न रहेकाे राजनीतिक विश्लेषकहरूको तर्क छ ।

यस पटककाे निर्वाचनले कतिपय नयाँ अनुहार र दललाई चिनाएकाे छ भने, कतिपय चर्चित अनुहारले हार व्यहोरेका छन् । केही चर्चित उम्मेदवारको त जमानत समेत जफत भएको छ ।

जमानत जफत हुनेहरूमा पूर्वमन्त्रीदेखि पूर्वराज्यमन्त्रीसम्म छन् । नेपाल सरकारका मन्त्री भइसकेका जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठले पनि जमानत जाेगाउन सकेनन् । काठमाडौं ७ बाट उम्मेदवार रहेका श्रेष्ठले कूल सदर मतको ६.८ प्रतिशत मात्र मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा कूल ३६ हजार ६१ मत सदर भएको थियो ।

यस्तै, सोही क्षेत्रमा उम्मेदवार रहेका तथा यसअघि संघीय सरकारको राज्यमन्त्री भइसकेका रामवीर मानन्धरको समेत जमानत जफत भएको छ । उनले कूल सदर मतको ३.४ प्रतिशत मत प्राप्त गरेका छन्  ।

जमानत जफत हुनेमा यसअघि विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य र  हाल काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी रन्जु दर्शना छन् । प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार दर्शनाले खसेको कुल सदर मतको जम्मा १.४ प्रतिशत मात्रै मत पाएकी छिन् । काठमाडौं ५ मा सदर मत ४४ हजार २४९ छ ।

रन्जुले जम्मा ६ सय मत मात्र प्राप्त गरेपछि जमानत जफत भएको हो । ०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर चर्चामा आएकी दर्शनाले उक्त निर्वाचनमा २३ हजार चार सय  ३९ मत ल्याएकी थिइन् ।

विवेकशील साझाकै पूर्व संयोजक मिलन पाण्डेको पनि जमानत जफत भएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं ९ बाट स्वतन्त्र उम्मेदवार रहेका पाण्डेले कूल २३ सय २७ मत प्राप्त गरेका छन् ।

उक्त क्षेत्रको कूल सदर मत ४२ हजार पाँच सय १७ मतमा पाण्डेले २३ सय २७ मत प्राप्त गरेका छन् । यो कूल सदर मतको ५.५ प्रतिशत मत मात्रै हो । पाण्डेले ०७४ सालको निर्वाचनमा भने चार हजार नाै सय ४६ मत प्राप्त गरेका थिए ।

यद्यपि, यस पटक भने उनको जमानत समेत जफत भएको छ । सदर मतको १० प्रतिशत मत ल्याउन नसके उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत १० हजार रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पुनः मतदान हुनुपर्छ : नेता खनाल

गठबन्धनले कर्णालीमा कांग्रेसलाई फाइदा

प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो

प्रदेश सभातर्फ पनि कांग्रेस अघि

रुपन्देही ३ मा राप्रपाका दीपक बोहोरा विजयी

जनमत पार्टीकाे अवरोधले महोत्तरी १ को मतगणना अवरुद्ध

माओवादी लुम्बिनी प्रदेश अध्यक्ष बरालले दिए राजीनामा

प्रतिनिधिसभा समानुपातिकतर्फ खोटाङमा एमालेलाई सबैभन्दा धेरै मत

प्रतिनिधिसभामा कर्णाली प्रदेशमा एमाले शून्य, मुख्यमन्त्री बारे चर्चा शुरू

कडा सुरक्षाका बीच बाजुराको​​​​​​​ बुढीनन्दामा आज मतदान हुँदै

%d bloggers like this: