सदाबहार खबरको रफ्तार ....
मंग्सिर १०, २०७९ शनिबार
November 26, 2022
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’

२०७९ मंग्सिर ८, बिहिबार

काठमाण्डौः कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्यानलसहित विजयी भएकी छन् । भारी मतका साथ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् ।

श्रेष्ठ ३० हजार ४०४ मतसहित विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामजनम चौधरीले १८ हजार ८१ मत पाएका छन् । नेकपा एमालेका तपेन्द्र रावल भने पाँच हजार ९१० मत पाए ।

प्रदेश सभातर्फको १ र २ मा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा १ मा कैलाश चौधरी विजयी भएका हुन् । कैलाश चौधरीले १५ हजार १०१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दीर्घराज बिनाडीले १० हजार ३७७ मत प्राप्त गरेका छन् ।

यस्तै, प्रदेश सभातर्फको २ मा लक्ष्मण किशोर चौधरी विजयी भएका छन् । लक्ष्मण चौधरीले ११ हजार ३१७ मत प्राप्त गरेका छन् । उनले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावललाई तीन हजार २६४ मतान्तरले पराजित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पुनः मतदान हुनुपर्छ : नेता खनाल

गठबन्धनले कर्णालीमा कांग्रेसलाई फाइदा

प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो

प्रदेश सभातर्फ पनि कांग्रेस अघि

रुपन्देही ३ मा राप्रपाका दीपक बोहोरा विजयी

जनमत पार्टीकाे अवरोधले महोत्तरी १ को मतगणना अवरुद्ध

माओवादी लुम्बिनी प्रदेश अध्यक्ष बरालले दिए राजीनामा

प्रतिनिधिसभा समानुपातिकतर्फ खोटाङमा एमालेलाई सबैभन्दा धेरै मत

प्रतिनिधिसभामा कर्णाली प्रदेशमा एमाले शून्य, मुख्यमन्त्री बारे चर्चा शुरू

कडा सुरक्षाका बीच बाजुराको​​​​​​​ बुढीनन्दामा आज मतदान हुँदै

%d bloggers like this: