सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुन र हिरा सहित नगद लुटपाट गर्ने गिरोह पक्राउ

२०७९ मंग्सिर ८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाल प्रहरीले सुन, नगद र हिराका बहुमूल्य गरगहना लुटपाट गरी फरार गिरोहलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौं महानगरपालिका-३ वसुन्धरास्थित मधुरविक्रम खनालको घरमा प्रवेश गरी सुन, नगद र हिराका बहुमूल्य गरगहना लुटपाट गरी फरार १० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा कालीकोटका २९ वर्षीय धनबहादुर शाही, ३२ वर्षीय पर्वराज सिंह, २३ वर्षीय गङ्गाबहादुर शाही, २६ वर्षीय नेत्रबहादुर शाही, २७ वर्षीय पञ्चबहादुर सिंह, २४ वर्षीय तिलकबहादुर शाही, जुम्लाका २० वर्षीय विशाल शाही, रामेछापका २४ वर्षीय सुवर्ण मगर, सुर्खेतका १९ वर्षीय कविता बुढा र २१ वर्षीय दिपिका मल्ल शाही रहेका छन्।

घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गरी योजनाबद्ध रुपमा लुटपाट गरिएको जानकारी दिएको हो।

सम्मेलनमा परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले खनालकी श्रीमती नन्दा मल्ल र घरमा भएका अन्य व्यक्तिलाई नियन्त्रणमा लिएर धारिलो हतियार खुकुरी, हतौडा र रडको प्रयोग गरी सख्त घाइते बनाई नगद, सुन र हिराका बहुमूल्य गरगहना लुटपाट गरिएको जानकारी दिए।

प्रहरीले पक्राउ परेका व्यक्तिसँग ३८.५ तोला लेखिएको सुनको गिलास, सुनको तिलहरि एक थान, सुनको नौगेडी दुई थान, हिराको हार तीन थान, हतौडा एक थान, चक्कु दुई थान र रु एक लाख १३ हजार ५०० बरामद गरेको छ।

पक्राउ परेकालाई मुलुकी अपराधसंहिता, २०७४ को परिच्छेद-२० को चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको परिसरका प्रमुख बोहोराले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अनेरास्ववियुकी बम पक्राउ

त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद

विराटनगर भन्सारका तत्कालीन प्रमुख सापकोटा र अधिकृत शर्मासहित चार जनाविरुद्ध मुद्दा दायर

वेश्यावृत्तिमा लगाएको अभियोगमा एकजना पक्राउ

ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्यामा संलग्न चार जना सार्बजनिक

श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको मृत्यु

पाँच बङ्गलादेशी नागरिक पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित चार जना पक्राउ

भ्रष्टाचार अभियोगमा मुद्दा दायर

होलीमा पक्राउ परेका दुई सय ७७ जनामध्ये एक सय पाँच जना छुटे

प्रहरीलाई अनुचित प्रभावमा पार्न खोज्ने भारतीय नागरिक पक्राउ

ललितपुरमा ग्याङ फाइट हुँदा दुई युवकको मृत्यु, १८ जना प्रहरी नियन्त्रणमा