सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

जनगणनाको पूर्ण विवरण चाँडै सार्वजनिक गरिँदै

२०७९ मंग्सिर ९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः सरकारले छ वर्षअघि नै गाउँ र नगर छुट्याए पनि राष्ट्रिय जनगणना, २०७८ को पूर्ण विवरण सार्वजनिक हुँदा भने विकासका पूर्वाधारसहितको गाउँ र नगर छुट्टिने भएको छ ।

राष्ट्रिय जनगणना, २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दा गाउँ र नगरको भौतिक पूर्वाधार, सेवा सुविधाको पहुँच, प्रतिव्यक्ति आयलगायतका तथ्याङ्कसहित गाउँ र नगर छुट्याउन लागिएको हो । राष्ट्रिय जनगणना, २०७८ को क्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयले सामुदायिक प्रश्नावली निर्माण गरी विकासका भौतिक पूर्वाधारसहितको तथ्याङ्क सार्वजनिक गर्न लागिएको जनाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्दा गाउँ र नगर छुट्टिने गरी विवरण सार्वजनिक गरिने बताउनुभयो ।

सरकारले २०७३ सालमा स्थानीय तह पुनर्संरचना आयोग निर्माण गरी जनसङ्ख्या, विकासका भौतिक पूर्वाधार र सेवाग्राहीको सार्वजनिक निकायमा पहुँचका आधारमा ४६० गाउँपालिका तथा महानगर, उपमहानगर र २९३ नगरपालिका गरी ७५३ पालिका घोषणा गरेको थियो ।  लामिछानेका अनुसार जनगणनाको पूर्णविवरण सार्वजनिक हुँदा नागरिकको सहरप्रतिको पहुँच, सहरी पूर्वाधार, प्रशासनिक सेवासुविधाको अवस्था, सवारीसाधनको सहज उपलब्धता, विश्वविद्यालयको अवस्था, खानेपानी, बिजुलीलगायत विकासका आयामको यकिन तथ्याङ्क सार्वजनिक गरिनेछ ।

जनगणनाका क्रममा गणकहरूले घरघरमा पुगेर सहरी सेवासुविधामा वडावासीको  पहुँचको अवस्था शीर्षकमा विभिन्न प्रश्नावली सोधेका थिए । उक्त प्रश्नावलीमा वडाको केन्द्रसम्म वर्षैभरि सडक यातायात सञ्चालनको अवस्था, वडावासीलाई आधा घण्टाको दूरीमा सार्वजनिक यातायात पहुँचको अवस्था, वडामा कालोपत्रे र ग्राभेल भई बाह्रै महिना यातायात चल्न सक्ने सडकको लम्बाइ, वडाभित्र धुलेमाटे सडकको लम्बाइ, एक घर एक धारा, फोहोर नियमित सङ्कलन गरी व्यवस्थापन गर्नेलगायतका प्रश्नावली निर्माण गरी सोको उत्तर तयार पारिएको छ । गोरखापत्र दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

केजरीवाल प्रकरण: अमेरिका–भारत मनमुटाव

प्रधानमन्त्रीमाथि संशय

लायकु प्रवेशद्वारमा कंक्रिट प्रयोग भएपछि काम रोक्न पुरातत्वको निर्देशन

नागरिक उन्मुक्तिभित्र फेरी किचलो, सांसद नै दुई कित्तामा

१५ सहकारीको १७ अर्ब अपचलन

भारतसँग ऊर्जा सम्झौता अन्योल, लोडसेडिङको जोखिम

दक्षिण कोरियाको ई–७ भिसा विषयमा छलफल

रुसमा जाने कामदारलाई श्रम स्वीकृति खुला, इजरायल बन्द

सत्तारूढ दलकै उम्मेदवारबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुने

२३ निर्माण कम्पनी कालोसूचीमा

प्रदेश सरकार फेर्ने कसरत, केन्द्रीय गठबन्धनको हस्तक्षेपले राजनीतिक अस्थिरता

बनाइँदै मत्स्येन्द्रनाथको नयाँ पाङ्ग्रा