सदाबहार खबरको रफ्तार ....
फागुण १४, २०८० सोमबार
February 26, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

रवि लामिछानेविरुद्धको उजुरी निर्णय क्षेत्राधिकारमा पर्दैन: आयोग

२०७९ मंग्सिर ९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चितवन-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्धको नागरिकतासम्बन्धी उजुरीको निर्णय निर्वाचन आयोगको क्षेत्राधिकारमा नपर्ने भएको छ।

निर्वाचन परिणाम प्रकाशित भइसकेपछि उम्मेदवारको अयोग्यतासम्बन्धी उजुरीको निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने आयोगले जनाएको छ । निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले संविधानबमोजिम उक्त उजुरीको निर्णय अब आयोगको क्षेत्राधिकारभित्र नपर्ने बताए ।

लामिछानेले अमेरिकी नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता त्याग नगरेको भन्दै गत कात्तिक २९ गते चितवन- २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी खारेजीको मागसहित उजुरी परेको थियो । संविधानको धारा २४६ को उपधारा ३ मा राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्यका लागि उम्मेदवारीको मनोनयन दर्ता भइसकेको तर निर्वाचन परिणाम घोषणा भई नसकेको अवस्थामा कुनै उम्मेदवारको योग्यता सम्बन्धमा कुनै प्रश्न उठेमा त्यसको निर्णय आयोगले गर्ने व्यवस्था छ ।
आयोगको क्षेत्राधिकार बाहिरको विषयबारे कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले उजुरीकर्ताले चाहे सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्न पाउने जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयले  उक्त उजुरीबारे  लामिछानेलाई स्पष्ट गर्न जवाफ मागेको  थियो ।  गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लुम्बिनीमा त्रिपिटक पाठ गरिने

कार्यालय आएर सेवाग्राहीको सेवा साटो परीक्षाको तयारी

केन्द्रिय समितिमा देउवाको दाउ

प्रचण्ड र ओली निरन्तर संवादमा

आकासे पुल निर्माण सुरु

सर्वोच्चको व्याख्याः एमसीसीकै कारण नेपालको कानुन निस्तेज हुँदैन

कृष्णसारको सङ्ख्या छ गुणाले वृद्धि

बजेटको जोहो नहुँदा शिक्षा पदक अलपत्र

डेढ लाख बालबालिकालाई खोप लगाइने

बजेट खर्च गर्न असफल प्रदेश सरकार

दूधको बक्यौता भुक्तानी नगरे आन्दोलन चेतावनी

जग्गा अतिक्रमणसम्बन्धी आयोगका प्रतिवेदन लुकाएर पुनः लगत संकलन