सदाबहार खबरको रफ्तार ....
चैत्र १५, २०८० बिहिबार
March 28, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

डढेलो लगाएको भन्दै निर्दोष युवकलाई जिउँदै जलाउने ४९ जनालाई मृत्युदण्ड

२०७९ मंग्सिर ९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अल्जेरियाको एक अदालतले हत्या अरोपमा दोषी ठहरिएका ४९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।

उनीहरूमाथि गत वर्ष फैलिएको भयानक वन डढेलो सुरु गरेको आशंकामा एकजनाको हत्या गरेको अभियोग लागेको थियो ।तर, अल्जेरियामा मृत्युदण्ड दिने कार्य अहिले रोक्का गरिएकाले उनीहरूको सजाय घटाएर आजीवन कारवासमा परिणत हुने बलियो सम्भावना रहेको छ ।

अल्जेरियाको इतिहासमै सबैभन्दा भयानक डढेलको कारण सन् २०२१ मा ९० जना मानिसले ज्यान गुमाएका थिए । वास्तवमा सामूहिक आक्रमणमा मारिने जामेल बेन इस्माइल नामक ती युवक आगलागीबाट अरूलाई जोगाउन जंगलमा गएका थिए ।

गत वर्षको अगस्टमा जंगलमा आगो फैलिएपछि ३८ वर्षीय जमालले काविली क्षेत्रको आगो निभाउने कार्यमा अरूलाई सहयोग गर्न आफूले घरदेखि ३२० किलोमिटर लामो यात्रा सुरु गर्न लागेको ट्विट गरेका थिए । सो क्षेत्र राजधानी अल्जियर्सदेखि पूर्वमा पर्छ ।

तर, दुर्भाग्यवश घटनास्थलमा पुगेका उनलाई स्थानीय व्यक्तिहरूले आगो सल्काएको आरोप लगाएका थिए । उनीहरूले अन्य शारीरिक यातना दिइसकेपछि उनलाई जिउँदै जलाएका थिए । बीबीसीबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- ‘चुनाव लड्ने पैसा छैन’

बंगलादेशी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय ६ महिना थपियो

पाकिस्तानी नागरिकका २७ लाख डाटा चोरी

अत्यधिक क्षमताको समस्यालाई सम्बोधन गर्न येलेनले चीनसँग आग्रह गर्ने

जलवायु सङ्कटमा विश्वव्यापी प्रतिक्रियाको आवश्यकतामा बोआओ फोरमको जोड

युक्रेन र भारतका विदेशमन्त्रीबीच नयाँदिल्लीमा भेटवार्ता हुने

केजरीवाललाई दिल्ली उच्च अदालतले दिएन राहत

किन चल्दै छ बंगलादेशमा इन्डिया आउट’ को अभियान ?

अनेरास्ववियुकी बम पक्राउ

केजरीवाल पक्राउमा अमेरिकाको टिप्पणीः भारतको कडा आपत्ति

त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद

ट्रम्पको सम्पति बढेर ६.५ बिलियन पुग्यो, परे विश्वको ५०० औं धनीको सुची भित्र