सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बारामा एमाले ठूलो दल, कांग्रेस र माओवादी ‘निल’

२०७९ मंग्सिर १०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चार निर्वाचन क्षेत्र रहेको बारामा प्रतिनिधिसभातर्फ दुई वटामा नेकपा एमाले, एकमा जसपा र एकमा नेकपा एकिकृत समाजवादी विजयी भएको छ । यसैगरी आठ प्रदेशसभा मध्ये चार वटामा एमाले र दुई वटामा जसपा जित निकाल्दा लोसपा र स्वतन्त्रले एक÷एक क्षेत्रमा विजय प्राप्त गरेका छन् ।

प्रतिनिधिसभातर्फ बारा क्षेत्र नं. १ र ३ मा एमाले, क्षेत्र नं. २ मा जसपा र क्षेत्र नं. ३ ४ मा एकिकृत समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् । यसैगरी प्रदेशसभातर्फ १(१), ३(१), ३(२) र ४(२) मा एमालेका उम्मेदवार  विजयी भएका छन् ।

एमालेसंग चुनावी तालमेल गरेको जसपाले १(२) र २(२) को प्रदेशसभामा जित हात पारेको छ । एमाले र जसपाले बाराको चारमध्ये तीन वटा निर्वाचन क्षेत्रमा तालमेल गरेको थियो भने एउटामा मित्रवत प्रतिस्पर्धा गरेको थियो ।

एमाले र जसपाबाहेक प्रदेशसभातर्फ लोकतान्त्रिक समाजवादी पार्टीले क्षेत्र नं. ४(२) मा जित हात पारेको छ भने क्षेत्र नं. २(१) मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार बारामा एमाले ठुलो दल बनेको छ । प्रतिनिधिसभा र प्रदेशसभातर्फको १२ सिटमध्ये एमालेले ६ सिटमा जित हात पारेको छ भने जसपाले तीन, लोसपा र स्वतन्त्रले एक÷एक सिट जितेका छन् ।

बारामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र शुन्य देखिएको छ । सत्तारुढ गठबन्धनबाट बाराको ४(२) मा लोसपाका जितेन्द्र सोनल निर्वाचित हुँदा अन्य सबै उम्मेदवार पराजित हुन पुगेका छन् ।

यी हुन् बाराबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित उम्मेदवारः

बारा क्षेत्र नं. १

प्रतिनिधिसभाः अच्युत मैनाली (नेकपा एमाले)
प्रदेशसभा १(१): त्रिलोकी चौधरी (नेकपा एमाले)
प्रदेशसभा १(२): सरोज कुमार यादव (जसपा)

बारा क्षेत्र नं. २

प्रतिनिधिसभाः रामसहाय यादव (जसपा)
प्रदेशसभा २(१): सारदा संकर कलवार (स्वतन्त्र)
प्रदेशसभा २(२): बच्चा राउत अहिर (जसपा)

बारा क्षेत्र नं. ३

प्रतिनिधिसभाः ज्वालाकुमारी साह (नेकपा एमाले)
प्रदेशसभा ३(१): रविन्द्रदास श्रेष्ठ (नेकपा एमाले)
प्रदेशसभा ३(२): महम्मद समिर (नेकपा एमाले)

बारा क्षेत्र नं. ४

प्रतिनिधिसभाः कृष्णकुमार श्रेष्ठ (एकिकृत समाजवादी)
प्रदेशसभा ४(१): देवनारायण चौधरी (नेकपा एमाले)
प्रदेशसभा ४(२): जितेन्द्र सोनल (लोसपा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

सुदूरपश्चिम सरकार छोड्न नाउपाकी अध्यक्ष रञ्जिताको लिखत निर्देशन

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

सभापति देउवाले थपे जनजाति विभागमा १० सदस्य

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल

महिला सशक्तिकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

हाम्रो नेपाली पार्टीले नवनियुक्त मन्त्री बज्राचार्यलाइ कारबाही गर्ने

देशको विकास र समृद्धि प्रजातन्त्रमा मात्रै सम्भव : सभापति शर्मा

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन :अध्यक्ष ओली

मिलन लिम्बुलाई इलाम- २ को उम्मेदवार बनाउने रास्वपाको निर्णय