सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

स्वास्थ्य सेवा विभागमा एक वर्षमा तीनपटकसम्म महानिर्देशक परिवर्तन, काम प्रभावित

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 स्वास्थ्यका कार्यक्रम लागू गराउने आधिकारिक निकाय स्वास्थ्य सेवा विभागमा एक वर्षमा तीनपटकसम्म महानिर्देशक परिवर्तन हुँदा काम–कारबाही प्रभावित बन्ने गरेका छन् ।

अवकाश हुन लागेका कर्मचारीलाई बढुवा गरेर विभागमा पठाउने गरेकाले स्वास्थ्य सेवा विभागमा प्रभावकारी काम हुन नसकेको हो ।

स्वास्थ्य सेवा विभाग स्थापना भएको २६ वर्षमा २४ जना महानिर्देशक भइसकेका छन् । जसको प्रत्यक्ष प्रभाव स्वास्थ्यका कार्यक्रममा पर्ने गरेको छ ।

सर्वसाधारणमा सुलभरुपमा स्वास्थ्य सेवा पुर्‍याउने, औषधि उपकरण खरिद गर्नेलगायत कार्यक्रम र नीति लागू गराउने जिम्मा स्वास्थ्य सेवा विभागको हो ।

२०५० सालमा स्थापना भएको विभागमा एक वर्षमा तीनपटकसम्म महानिर्देशक परिवर्तन हुँदा काम प्रभावित भएको हो ।

सरकार परिवर्तन भएसँगै राजनीतिक नियुक्तिका कारण स्वास्थ्यका धेरै काम प्रभावित बनेका हुन् ।

केही महानिर्देशकलेमात्र मुस्किलले एक वर्ष विभागमा काम गर्न पाएका छन् ।

हाल स्वास्थ्य मन्त्रालयका वरिष्ठ चिकित्सक डा. सुशीलनाथ प्याकुरेललाई गत असारमा १२औं तहमा बढुवा गदै विभागको जिम्मेवारी दिइएको छ । प्याकुरेलले भदौ २२ गते अवकाश पाउँदैछन् ।

१५ महिनादेखि विभाग सम्हाल्दै आएका डा. गुणराज लोहनीलाई विराटनगर सरुवा गरेर मन्त्रालयले दुई दुई महिनाका लागिमात्र प्याकुरेललाई महानिर्देशक बनाएको थियो ।

यस्तै, २०७४ सालमा एक/एक महिनाको अन्तरालमा तीनजनाले महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए ।

२०७४ माघमा डा. तारानाथ पौडेललाई महानिर्देशकको जिम्मेवारी दिइएको थियो भने फागुनमा डा. विनोदमान श्रेष्ठ र चैतमा डा. गुणराज लोहनीले जिम्मेवारी पाएका थिए ।

यस्तै, २०५६ र ०६२ सालमा पनि एक वर्षमा दुईजना महानिर्देशक बनेका थिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले सरकार परिवर्तनसँगै महानिर्देशक पनि परिवर्तन हुने प्रणाली बसेका कारण विभागले प्रभावकारी काम गर्न नसकेको स्वीकार गरे ।

महानिर्देशक परिवर्तनले नीति र कार्यक्रममासमेत प्रभाव पार्ने भन्दै प्रवक्ता श्रेष्ठले स्वास्थ्यका कार्यक्रम कार्यान्वयनमासमेत असर देखिएको बताए ।

विभागअन्र्तगत् पाँचओटा महाशाखाहरु रहेका छन् । जसमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, नर्सिङ तथा विपन्न नागरिक सामाजिक सुरक्षा महाशाखा, व्यवस्थापन महाशाखा, परिवार कल्याण महाशाखा र उपचारात्मक महाशाखा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

यस्ता छन् अल्जाइमर्स रोगका लक्षणहरु

लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको मनपरी, नियमावलीविपरीत भटाभट नियुक्ति

सर्पले टोकेर महिलाको मृत्यु

तौल घटाउनुका साथै मुटुका लागि पनि फाइदाजनक हुन्छ बदाम

स्वास्थ्य क्षेत्रमा धेरै सुधारको काम गरेका छौँ : स्वास्थ्यमन्त्री बस्नेत

कञ्चनपुरमा अहेबमाथि कुटपिट

वीरगञ्जमा डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट अभियान गर’ अभियान सुरु

पटक पटक पिसाब लाग्छ, कतै मधुमेह भएको त होइन ?

यौन इच्छा बढाउन खानैपर्ने खानेकुरा

‘एचपीभी’ खोप अभियानको समय थप, शुक्रबारसम्म जारी रहने

वीर अस्पतालमा अब साताको तीन दिन मिर्गौला प्रत्यारोपण हुने

सेती अस्पतालको मेसुमा डा. कमर