सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

झाडापखालाबाट एकै गाउँका २५ जना बिरामी

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संखुवासभाको पाँचखपन नगरपालिका–४, होक्सेमा दुषित पानीका कारण झाडापखाला फैलिएपछि एकै गाउँका २५ जना बिरामी भएका छन् ।

गएको आइतबारदेखि होक्सेको माझगाउँटोलमा झाडापखाला सुरु भएको थियो ।

झाडापखालाबाट गम्भीर बिरामी तीनजना बालबालिकासहित ९ जना पुरुष र १६ जना महिला रहेका छन् ।

सिकिस्त बिरामी परेका भेषराज बस्नेत र उनकी नातिनी रोषितालाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पुर्‍याइएको छ ।

६ घरपरिवारका बिरामीहरुले नजिकै रहेको कुवाको पानी प्रयोग गर्दा आफूहरु बिरामी परेको आशंका गरेका छन् ।

अहिले प्रभावित क्षेत्रमा पाँचखपन नगरपालिकाका स्वास्थ्य संयोजक राजकुमार यादवको संयोजकत्वमा वाना प्राथमिक स्वास्थ्य केन्द्रबाट र लिङलिङ स्वास्थ्यचौकीबाट एक/एकजना अहेब तथा सहरी स्वास्थ्य इकाइबाट एकजना अनमीको टोली खटिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय खाँदबारीका सूचना अधिकारी रोशन श्रेष्ठले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीबाट उपचार भइरहेकाले झाडापखाला अहिले नियन्त्रणमा रहेकोे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जाडोमा बदाम खानुका यस्ता छन् फाईदा

विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको सुरुआत

मकवानपुरमा डेंगु सङ्क्रमितको सङ्ख्या ७७५ पुग्यो

चितवनमा भएको निःशुल्क स्वास्थ्य शिविरमा तीन सय जनाको परीक्षण

व्हाइट लङ सिन्ड्रोमः चीन पछि अमेरिकामा फैलियो

नेपालमा एचआइभी संक्रमितको संख्या ३० हजार

एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाको अध्ययन हुँदै

मादीमा अस्पताल सञ्चालनपछी उपचारका लागि पोखरा जानुपर्ने बाध्यता हट्यो

चिकित्सक कुटपिटको विरोधमा बुटवल प्रहरी कार्यालयबाहिर स्वास्थ्यकर्मीको धर्ना

चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू

टिकापुरमा पहिलाे पटक ल्याप्रोस्कोपिक विधिबाट शल्यक्रिया

सिफारिसका आधारमा निःशुल्क उपचार गरिने