सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

झाडापखालाबाट एकै गाउँका २५ जना बिरामी

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संखुवासभाको पाँचखपन नगरपालिका–४, होक्सेमा दुषित पानीका कारण झाडापखाला फैलिएपछि एकै गाउँका २५ जना बिरामी भएका छन् ।

गएको आइतबारदेखि होक्सेको माझगाउँटोलमा झाडापखाला सुरु भएको थियो ।

झाडापखालाबाट गम्भीर बिरामी तीनजना बालबालिकासहित ९ जना पुरुष र १६ जना महिला रहेका छन् ।

सिकिस्त बिरामी परेका भेषराज बस्नेत र उनकी नातिनी रोषितालाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी पुर्‍याइएको छ ।

६ घरपरिवारका बिरामीहरुले नजिकै रहेको कुवाको पानी प्रयोग गर्दा आफूहरु बिरामी परेको आशंका गरेका छन् ।

अहिले प्रभावित क्षेत्रमा पाँचखपन नगरपालिकाका स्वास्थ्य संयोजक राजकुमार यादवको संयोजकत्वमा वाना प्राथमिक स्वास्थ्य केन्द्रबाट र लिङलिङ स्वास्थ्यचौकीबाट एक/एकजना अहेब तथा सहरी स्वास्थ्य इकाइबाट एकजना अनमीको टोली खटिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय खाँदबारीका सूचना अधिकारी रोशन श्रेष्ठले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीबाट उपचार भइरहेकाले झाडापखाला अहिले नियन्त्रणमा रहेकोे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सहिद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज नियमित खोप

एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

घरमै स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिकको विवरण सङ्कलन

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

स्वास्थ्यमन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

झापामा रगतको माग उच्च

एक लाख ३६ हजार पशुलाई खोप

घुम्ती शिविरबाट तीन हजारभन्दा बढी लाभान्वित