सदाबहार खबरको रफ्तार ....
फागुण १४, २०८० सोमबार
February 26, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सशस्त्र प्रहरी बलमा फारम भराएर ८ हजार जवानको सरुवा

२०७९ मंग्सिर २८, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  सशस्त्र प्रहरी बलका ८ हजार ४ सय जवानको सरुवा गरिएको छ ।

सरुवाअघि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले देशभरका जवानहरूलाई फारम भराएको थियो । प्राथमिकता अनुसार फारममा ३ वटा युनिटको नाम लेखाएर माग गरे बमोजिमको कार्यालयमा र सम्भव नभए नजिकको अर्को युनिटमा सरुवा सशस्त्र प्रहरीका सहायक प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताएका छन ।

सीमावर्ती ईलाकाका युनिटहरुमा लामो समय दरबन्दी भएका जवानहरुलाई सीमा इलाका बाहेक अन्यत्र सरुवा गरिएको छ । सरुवाको लागि मुख्यालयस्थित उजुरी तथा गुनासो सुनुवाइ शाखामा आएको गुनासोलाई प्राथमिकतामा राखिएको बताइएको छ । सशस्त्रको मुख्यालयमा ४५ जना जवानले दरबन्दी मागेका थिए ।

सशस्त्रका जवानहरुलाई घर भएको जिल्लामा सरुवा नगरी सम्भव भएसम्म नजिकको जिल्ला र त्यो नभएमा नजिकको प्रदेशमा  सरुवा गरिएको छ ।
श्रीमान श्रीमतीलाई सम्भव भएसम्म एउटै कार्यालयमा सरुवा गरिएको छ । मुख्यालयले फारम भराएर जवानहरुको इच्छा अनुसारको कार्यालयमा  यसअघि सरुवा गरेको थिए । रातोपाटीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

न्यायपालिकालाई गतिशील बनाउन सर्वोच्च अदातल प्रतिबद्ध : प्रधानन्यायाधीश श्रेष्ठ

संसद भवन परिसरमा लघुवित्त ऋणी प्रवेश गरेकोबारे सभामुखको चासो

खेलकुदको विकासमा राज्यले बढी लगानी गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

किसानहरूको दूधको भुक्तानी तुरून्तै दिन प्रधानमन्त्रीको निर्देशन

ललिता निवास खाली गर्ने महानगरको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश

प्रधान सेनापति शर्मा र अमेरिकी एडमिरल जोहन एक्यूलिनियोबीच भेटघाट

एनआरएनए मुख्यालय नहटाउन बालेनलाई अदालतको आदेश

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, २४ चैतमा मनोनयन दर्ता

मोही किसानको आन्दोलन सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

मिटरब्याज, लघुवित्त र सहकारी पीडितहरुको समस्या समाधान गर्न नेता केसीको माग

बागमती प्रदेश : संसदीय समितिको नेतृत्व चयनका लागि कार्यदल गठन

गण्डकी प्रदेशमा ६ वर्षमा ३५ हजार साना उद्योग थपिए