सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

एभीसी सेन्ट्रल जोन भलिबलमा नेपालको कमजोर सुरुआत, कीर्गिस्तान सोझो सेटमा विजयी

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा नेपालले कमजोर सुरुआत गरेको छ ।

नेपालले सोमबार बलियो प्रतिद्वन्द्वी कीर्गिस्तानसित कमजोर प्रदर्शन गरेको हो । 

नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो । नेपाल २५–२३, २५–२२ र २५–२२ ले पराजित भयो ।

एसियाली भलिबल महासंघको कार्यक्रमअनुसार नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिता ललितपुरको लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रमा भइरहेको छ ।

सोमबारै बिहान भएको प्रतियोगिताको पहिलो खेलमा तुर्कमेनिस्तानले अफगानिस्तानलाई ३–१ को सेटमा हराएको थियो ।

समूह ‘ए’मा नेपालसँगै कीर्गिस्तान र माल्दिभ्स रहेका छन् । समूहको दोस्रो खेलमा नेपालले बुधबार माल्दिभ्ससित खेल्नेछ ।

समूह ‘बी’मा तुर्कमेनिस्तान, उज्वेकिस्तान, बंगलादेश र अफगानिस्तान छन् ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल आउँदो बिहीबार हुनेछन् ।

उपाधि भिडन्त यही भदौ ७ गते शनिबार हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठ १४ देखि

छैटौँ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० मा : तीन दिनको पदमार्ग चार घण्टामा

दमकका नेपाललाई खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

अपराजित सिजनपछि पहिलो सफलता : २२ वर्षपछि फेरि इंग्ल्यान्डको राजा बन्यो आर्सनल

फिफा विश्वकप-२०२६ का लागि ब्राजिलको २६ सदस्यीय टोली सार्वजनिक

इन्डियन प्रिमियर लिग : राजस्थान रोयल्स र लखनउ सुपर जाइन्टस खेल्दै

प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

विश्वकप क्रिकेट लिग-२ स्कटल्यान्डमाथि नेपालको जित

क्रिकेटः स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

क्रिकेटः स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

क्रिकेटः नेपाल र स्कटल्याण्ड भिड्दै

साहित्यिक तथा पर्यटन महोत्सवः पर्यटन प्रवर्द्धनमा जोड