सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपरले बराबरी खेले

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपरले २–२ गोलको बराबरी खेलेका छन् ।

गएराति सिटीको मैदानमा भएको खेलमा घरेलु टोलीका राहिम स्टर्लिङ र सर्जियो अगुएरोले एक एक गोल गरे ।

पाहुना टोली टोटनह्यामका एरिक लामेला र लुकास मौराले दुई गोल फर्काए ।

सिटीका ग्याब्रिएल जिससले इन्जुरी समयमा गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अफसाईड प्रमाणित गरेपछि खेल २–२ गोलको बराबरीमै सकिएको हो ।

प्रिमियर लिग फुटबलका अन्य खेलहरुमा आर्सनलले बर्न्लेलाई २–१ ले हराउँदा लिभरपुलले साउथह्यानम्पटनमाथि २–१ कै जित निकाल्यो ।

यसैगरी एभर्टनले वाट्फोर्डलाई १–० ले पराजित गर्दा नरिच सिटीले न्युकासल युनाईटेडमाथि ३–१ को जित निकाल्यो ।

यस्तै गएराति बर्नमाउथले एस्टन भिल्लालाई २–१ ले हराउँदा वेष्ट ह्याम युनाईटेड र ब्राइटनले १–१ गोलको बराबरी खेले ।

प्रिमियर लिग फुटबलमा आज राति दुई खेल हुनेछन् । आज चेल्सी र लेष्टर सिटी भिड्दा सेफिल्ड युनाईटेडले क्रिष्टल प्यालेससँग खेल्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एसियाडमा नेपाली क्रिकेट टोलीले आज मंगोलियासँग खेल्दै

एशियाली खेलकुद: जुडोमा नेपालको यात्रा समाप्त

एसियाली खेलकुद: महिला क्रिकेटको उपाधि भारतलाई

साफ यु-१९ फुटबलमा नेपालले ४ गोलले हरायो माल्दिभ्सलाई

साफ यू-१९ च्याम्पियनसिप: नेपालको २-१ को अग्रता

महिला फुटबल र बास्केटबलमा नेपालले आज जापानसँग खेल्दै

साफ यू-१९ च्याम्पियनसिप फुटबल – आज नेपाल र मालदिभ्स भिड्दै

म्यानचेस्टर सिटीको लगातार छैटौं जित, रोड्रीलाई रातो कार्ड

एसियन गेम्सः सुटिङको पहिलो चरणबाटै बाहिरिए नेपाली खेलाडी

एसियन गेम्समा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ

९औं एसियाली खेलकुद : टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो

क्रिकेट संघमा यस्तो बन्यो चतुरबहादुर चन्द्र नेतृत्वमा नयाँ कार्यसमिति