सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

विधायन व्यवस्थापन समितिको दफावार छलफल सकियो

२०७७ बैसाख २५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बिहिबारको बैठकमा ‘नीति अनुसन्धान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को दफावार छलफल सकिएको छ । समितिका सभापति परशुराम मेघी गुरुङले दफावार छलफल सकिए पनि केही विषयमा टुङ्गो लगाउन बाँकी रहेकाले त्यो पूरा गरेर विधेयकको अन्तिम मस्यौदा गरिने जानकारी दिए ।

सभापति गुरुङले आगामी बैठकमा विधेयकको अन्तिम मस्यौदालाई पारित गरेर संसद्मा लैजाने बताएका छन् । ऐन प्रत्येक पाँच वर्षमा मापन गरिने तथा प्रतिष्ठानले प्रत्येक आर्थिक वर्ष पूरा भएको तीन महिनाभित्र वार्षिक प्रतिवेदन पेश गर्नेलगायतका संशोधन गरिएको छ ।

बैठकमा नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलले समिति सदस्य ठगेन्द्र पुरी, विमला राई पौडेल, नन्दा शर्मा चपाईलगायतले विधेयकलाई चाँडै ऐन बनाउनुपर्ने बताएका छन् । समितिका सदस्य रामनारायण बिडारीले १० देखि ५ बजेसम्म काम गर्ने प्रतिष्ठानका सदस्यलाई भत्ताको व्यवस्था गर्न नहुने बताएका छन् ।

सरकारले नेपालको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक क्षेत्रका विभिन्न पक्षमा अध्ययन, अनुसन्धान गरी त्यसका उपलब्धि र निष्कर्षको विश्लेषण गर्न, सामारिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीतिक तथा परराष्ट्र नीतिको अध्ययन तथा अनुसन्धान गर्नका लागि प्रतिष्ठान स्थापना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

सभामुख अर्याल र अध्यक्ष याङ्गबीच शिष्टचार भेट

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

अध्यक्ष दाहालसँग फ्रान्स–नेपाल संसदीयमैत्री सामूहिक भेट

विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल

सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल

छठले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाओस् : सभामुख अर्याल

मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल