सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सशस्त्र प्रहरीमा पोसाकका सुविधा कटौती {सुचनासहित}

२०७९ पुष १४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गृह मन्त्रालयले सशस्त्र प्रहरी नियमावली संशोधन गर्दै सशस्त्रका कर्मचारीलाई दिइँदै आएको सेवा–सुविधा घटाएको छ।

निमायवली संशोधन गरी सेवा सुविधाहरू कटौती गरिएको विषय पुस ११ गते राजपत्रमा प्रकाशित गरिएको थियो। जसअनुसार यसअघि सशस्त्र प्रहरीले पाउँदै आएका लत्ता-कपडामा कटौती गरिएको छ। सशस्त्रले पाउने जुत्ता, कम्बल, गन्जी, कट्टुका केही सुविधा घटाइएको छ।

यसअघि पिट्टी गन्जी–कट्टु एक वर्षमा दुई जोर दिइँदै आएकोमा अब एक जोर मात्रै दिइने भएको छ। कम्बल पनि दुई वर्षका लागि दुईवटा दिने गरिएको अब एउटामात्रै दिनेगरी सुविधा घटाइएको छ। वरिष्ठ प्रहरी अधिकारीले मात्रै पाउँदै आएका टप बुट भने सशस्त्र अधिकृतले पनि पाउने भएका छन्।

गर्मी र जाडो महिनाको सेरेमोनियल सेट राजपत्रांकित अधिकृतसँगै सेरेमोनियल कार्यक्रममा भाग लिने अन्य सशस्त्र प्रहरी कर्मचारीहरूले पाउने भएका छन्।  कटन प्याडेट युनिफर्म सुटको सट्टा अब हिमाली चुस्ता दिइने भएको छ। हिमाली चुस्ता दुई वर्षका लागि एक जोर दिइने छ।

सशस्त्र प्रहरी परिचरका लागि दिइने सामान तथा पोसाकमा ठूलो कटौती भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

एमाले पदयात्राको नवौं दिन: आज आरूघाट आईपुग्ने

एनसेलको सेयर बिक्री रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ: महासचिव गुरुङ

राष्ट्रपतिसमक्ष राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश

न्यायपालिका लयमा फर्किएको छ : प्रधानन्यायाधीश श्रेष्ठ

राप्रपा राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने, राप्रपा नियमावली–२०८० संशोधनसहित पारित

प्रधानमन्त्री प्रचण्ड इमान र लाज पचाएर सरकारमा बसिरहेको ओलीको आरोप

सर्वोच्चका प्रस्तावित न्यायाधीशसहितविरुद्ध ११ वटा उजुरी

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता

अर्थतन्त्रको सूचक राम्रो छ, तर सर्वसाधारण खुसी छैनन् : प्रधानमन्त्री प्रचण्ड

एनसेल प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन

एनसेल प्रकरणको छानविन गर्न समिति गठन, ३० दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न कार्यादेश