काठमाण्डौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा सरकारको पक्षमा प्रस्तुत हुन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरूलाई लिखित निर्देशन दिएका छन् ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार सांसदहरुलाई सरकारको पक्षमा उभिन लिखित निर्देशन दिएका हुन्।
शुक्रबार बिहानमात्रै प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग संसदमा पार्टीको भूमिका लगायतका बिषयमा दलका उपनेता, प्रमुख सचेतक तथा सचेतकसँग प्रधानमन्त्री निवाश बालुवाटारमा बोलाएर छलफल गरेका थिए।
प्रधानमन्त्री ओलीद्धारा जारी गरिएको सर्कुलरमा, ‘संसदका दुवै सदनका बैठकहरु छोटा छरिता र मर्यादित एवम विषय केन्द्रित हुनुपर्ने र संसदमा हाम्रो दलको एकता र विषयगत एकरुपता स्पष्ट देखिनुपर्ने आवश्यकतालाई माननीयज्यूहरुले बुझ्नु नै भएको छ। अन्य साना भेटघाट छलफल औचित्य आवश्यकता र संभावना हेरी आयोजना गरिने नै छ,’ प्रधानमन्त्री ओलीले भनेका छन्,’ विगतमा जस्तै य संसद अधिवेसनमा पनि सक्रिय,समझदारीपूर्ण र एकतावद्ध प्रयासका साथ अघि बढ्न म नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका सबै माननीयज्यूहरुमा अनुरोधका साथ निर्देशन गर्दछु।’ भनिएको छ ।

