सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

शुभकार्य गर्दा र मानिस मर्दा शंख किन बजाईन्छ ? यस्तो छ धार्मिक कारण

२०७९ पुष १९, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः घर परिवार तथा समाजमा पूजाआज,व्रतबन्ध,विवाह तथा शुभ कार्यमा हामी आफैँले शंख बजाएको वा बजेको पक्कैपनि सुनेका छौँ ।

शुभ कार्यमा मात्र होइन, मानिस मरिसकेपछि एकोहोरो शंख बजाउँदै आर्यघाटमा लैजाँदै गरेको हामी जो कोहीले देखेका छौँ । शंख किन बजाईन्छ ? यसको धार्मिक तथा वैज्ञानिक महत्वको बारेमा यस आज हामी जानकारी दिदैछौँ ।

भगवानहरुले पनि शंख बजाउनको लागि आ–आफ्नो शंकखको प्रयोग गर्दथे । भगवान् विष्णुको शंखलाई पाञ्चजन्य भनिन्छ । श्रीकृष्णलाई विष्णु भगवानको अवतार मानिन्छ ।

महाभारत तथा धार्मिक ग्रन्थहरुका अनुसार कृष्णसँग पाञ्चजन्य नामको शंख थियो । त्यसैगरी अर्जुनसँग देवदत्त,युधिष्ठिरसँग अनन्तविजय, भीमसँग पौंड्रक,नकुलसँग सुघोष तथा सहदेवसँग मणिपुष्पक नामका शंख थिए ।

यी पात्रबाहेक अरू सबैजसो योद्धाहरूसँग आआफ्नै शंख हुन्थे । ती सबै शंखको महत्व एवं शक्ति फरक–फरक थिए ।

शंखको शक्ति तथा चमत्कारको वर्णन महाभारत तथा पुराणहरूमा पाइन्छ । शंखलाई विजय, समृद्धि, सुख, शान्ति, यश, कीर्ति एवं लक्ष्मीको प्रतीक मानिएको छ ।

सबैभन्दा महत्वपूर्ण कुरा के हो भने शंख नादको प्रतीक हो । शंख ध्वनिलाई शुभ मानिएको छ । हुनत प्राकृतिक रूपमा शंखका थुप्रै प्रकार हुन्छन् ।

ती मध्ये दक्षिणावृत्ति शंख,मध्यावृत्ति शंख तथा वामावृत्ति शंख मुख्य हुन् र यी शंखका पनि थुप्रै उपप्रकार हुन्छन् । शंख समुन्द्रमा पाईने जलचर (शंखेकिरा)ले बनाएको कडा आवरण हो । हिन्दु धर्ममा अति पवित्र मानिने शंख धर्मको प्रतिक हो ।

शुभ कार्य गर्दा बजाईने शंखले ध्वनी तथा वरिपरीको वातावरण शुद्ध पार्दछ भने वातावरणमा भएका किटाणुहरुको विनाश गरि अत्याधिक मात्रामा सकारात्मक उर्जा प्रवाह गर्दछ भन्ने कुरा ऋग्वेदमा उल्लेख गरिएको छ ।

मलामी जाँदा “एकोहोरो” शङ्ख बजाइन्छ जसले शरीरमा भएका किटाणु वातावरणमा नफैलियोस् र वातावरणमा भएका किटाणुहरुबाट मृत शरीरमा आक्रमण हुन नदिनको लागि शङ्ख बजाइन्छ ।

अझ शङ्खको एकोहोरो ध्वनिले धेरै मात्रामा प्रभाव गर्ने भएकोले एकोहोरो शङ्ख बजाइन्छ । शङ्ख बजाउनाले मुटु,श्वास–प्रश्वास,पेटसम्बन्धी रोगहरु लाग्दैन । घरको वास्तु दोष ठीक गर्छ ।

चिना तथा कुण्डलीमा बृहस्पती ग्रह निष्कृय वा कमजोर छ भने दैनिक पूजा गरि शंख बजाउनाले बलियो हुन्छ ।-ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

हरिबोधनी एकादशीमा तुलसी विवाह, चतुर्मास सकिएसँगै शुभकार्य सुरु

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

आजको राशिफल : १२ राशिमध्ये कसलाई मिल्दैछ भाग्यको साथ, कसलाई रहनुपर्ला सावधान ?

आज कुष्माण्ड नवमी

नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला

आज बुधबार, कुन राशिका लागि कति शुभ ? हेर्नुहोस् राशिफल

मुक्तिनाथ रथयात्रा सम्पन्न, आजदेखि एकमहिने महायज्ञ सुरु हुँदै

आज मंगलबार, गणेशको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल