सदाबहार खबरको रफ्तार ....
बैसाख २८, २०८३ सोमबार
May 11, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पानी जहाज नछोड्न अमेरिकाले गरेको आग्रह अस्वीकार

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गत जुलाइमा पक्राउ परेको पानी जहाज नछोड्न अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टले अस्वीकार गरेको छ ।

अमेरिकाले उक्त जहाजलाई सिरियाका लागि तेल ओसारपसारमा लागेको आरोप लगाए पनि पुष्टि नभएको भन्दै जिब्राल्टले अमेरिकी आग्रह अस्वीकार गरेको हो ।

ग्रेस वान पानी जहाजलाई छाड्ने निर्णय भएको एक दिन पछि अन्तिम समयमा अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टले अस्वीकार गरेको हो ।

इरानविरुद्ध अमेरिकी प्रतिवन्ध लागू नहुने भएकाले अमेरिकी आग्रह मान्न नसकिएको जिब्राल्टले स्पष्ट पारेको छ ।

अमेरिकी न्याय मन्त्रालयले उक्त जहाजको सम्बन्ध इश्लामिक आतंकवादी समूहसँग रहेकाले पक्राउ गर्नुपर्ने तर्क अघि सारेको छ ।

तर जिब्राल्टले भने आइतबार वक्तव्य जारी गरेर अमेरिकाले आरोप लगाएको संगठन रेभोलुस्नरी गार्डलाई युरोपियन युनियनले आतंकवादी संगठन नमानेको दावी गरेको छ ।

पानी जहाजमा भारत, रुस, लाट्भिया र फिलिपिन्सका गरी २९ जना चालक दलका सदस्य रहेको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

अमेरिकी राष्ट्रपति ट्रम्पले यसै साता चीन भ्रमण गर्ने चीनद्वारा पुष्टि

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

होर्मुज क्षेत्रमा तनावबीच कूटनीतिक प्रयास जारी

श्रीलङ्कामा ऊर्जा सङ्कटबीच बिजुली महसुल वृद्धि

लेबनानमा इजरायली आक्रमण तीव्र, कम्तीमा १७ जनाको मृत्यु

युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव

‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

इरानले विश्वकप खेल्ने, अघि सा¥यो १० सर्त

रूस–युक्रेन युद्धविराम विस्तार हुनेको ट्रम्पको अपेक्षा

डुङ्गा आक्रमणमा दुई जनाको मृत्युः अमेरिकी सेना