सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पानी जहाज नछोड्न अमेरिकाले गरेको आग्रह अस्वीकार

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गत जुलाइमा पक्राउ परेको पानी जहाज नछोड्न अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टले अस्वीकार गरेको छ ।

अमेरिकाले उक्त जहाजलाई सिरियाका लागि तेल ओसारपसारमा लागेको आरोप लगाए पनि पुष्टि नभएको भन्दै जिब्राल्टले अमेरिकी आग्रह अस्वीकार गरेको हो ।

ग्रेस वान पानी जहाजलाई छाड्ने निर्णय भएको एक दिन पछि अन्तिम समयमा अमेरिकाले गरेको आग्रहलाई जिब्राल्टले अस्वीकार गरेको हो ।

इरानविरुद्ध अमेरिकी प्रतिवन्ध लागू नहुने भएकाले अमेरिकी आग्रह मान्न नसकिएको जिब्राल्टले स्पष्ट पारेको छ ।

अमेरिकी न्याय मन्त्रालयले उक्त जहाजको सम्बन्ध इश्लामिक आतंकवादी समूहसँग रहेकाले पक्राउ गर्नुपर्ने तर्क अघि सारेको छ ।

तर जिब्राल्टले भने आइतबार वक्तव्य जारी गरेर अमेरिकाले आरोप लगाएको संगठन रेभोलुस्नरी गार्डलाई युरोपियन युनियनले आतंकवादी संगठन नमानेको दावी गरेको छ ।

पानी जहाजमा भारत, रुस, लाट्भिया र फिलिपिन्सका गरी २९ जना चालक दलका सदस्य रहेको बताइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इमरान खानलाइ अर्काे जेलमा सारिने

चीन-ईयू वार्ता : आर्थिक मामिलामा नियमित छलफल गर्ने सहमति

रुसको अपराधी सूचीमा अन्तराष्ट्रिय फौजदारी अदालतका अध्यक्ष

वेस्ट बैंकमा भएको झडपमा २ प्यालेस्टाइनीको मृत्यु

इटालीका पूर्व राष्ट्रपति नापोलिटानोको ९८ वर्षको उमेरमा निधन

पाकिस्तानः बलात्कारी बाबुलाई किशोरीले गोली हानेर मारिन्

नाइजेरियामा इन्धन डिपोमा आगलागी हुदाँ ३४ को मृत्यु

रुसी बिदेश मन्त्रीको आरोप, ‘जेलन्स्की संसारभरवाट पैसा र हतियार मागिरहेका छन्

चीनका सामुन्द्रिक युद्धतोपहरु फिलिपिन्सको सिमामा पुगे पछि तनाब सुरु

आर्मेनियाप्रति ऐक्यबद्धता जनाउन अमेरिकी प्रतिनिधीमण्डल येरेभानमा

ताइवानको गल्फ बल कारखानामा आगलागी हुँदा छ जनाको मृत्यु

बेलायतमा चुरोट माथी प्रतिबन्ध लगाउने तयारी