सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सुरक्षा परिषद्मा कश्मिर मुद्दा, भारत, पाकिस्तान र चीनले के भने ?

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

संयुक्तराष्ट्र संघ सुरक्षा परिषद्मा भारत प्रशासित कश्मिरबाट अनुच्छेद ३७० हटाइएकोबारेमा अनौपचारिक बैठक बसेको छ ।

पाकिस्तानले लेखेको पत्रपछि शुक्रबार बैठक बन्द कोठामा आयोजना गरिएको थियो ।

आन्तरिक मामिला : भारत

बैठकपछि राष्ट्रसंघका लागि भारतका राजदूत सैयद अकबरुद्दीनले अनुच्छेद ३७० को मुद्दा ‘आन्तरिक’ भएको र भारतको निर्णय त्यहाँको आर्थिक र सामाजिक विकासका लागि भएको बताएका छन् । 

अकबरुद्दीनले भने–‘भारतसँग कुराकानी गर्नु छ भने पाकिस्तानले पहिले आतंकवाद रोक्नुपर्छ ।’

मुद्दा अन्तर्राष्ट्रिय साबित : पाकिस्तान

राष्ट्रसंघका लागि पाकिस्तानका राजदूत मलीहा लोधीले दशकौंपछि कश्मिर मुद्दा सुरक्षा परिषद्मा उठेकाले यो भारतको आन्तरिक नभएर ‘अन्तर्राष्ट्रिय मुद्दा साबित’ भएको बताए ।

सम्प्रभुतामाथि आक्रमण : चीन

बैठकपछि राष्ट्रसंघमा चिनियाँ राजदूत झाङ जुनले सुरक्षा परिषद्का सदस्य राष्ट्रहरूले यो समस्या शान्तिपूर्ण तरिकाबाट सुल्झाउनुपर्ने र एकपक्षीय फैसला गर्न नहुने बताएको जानकारी दिए ।

यो मुद्दालाई राष्ट्रसंघको प्रस्तावको तहबाट सुल्झाउनुपर्छ भन्ने भनाइ रहेको भन्दै उनले कश्मिरमा ‘असाध्यै खतरनाक स्थिति’ बन्न लागेको प्रतिक्रिया दिए ।

राजदूत झाङले चीनले लद्दाखको मुद्दा पनि उठाएको भन्दै अनुच्छेद ३७० लद्दाखबाट पनि हटेको र यसले चीन ‘सम्प्रभुतामाथि आक्रमण’ मान्छ भनेका छन् ।

पुरानो सहमतिको स्मरण

बैठकमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेजले कश्मिरबारे गरिएको पुरानो सहमतिको स्मरण गराएका थिए ।

पाकिस्तान र भारत सुरक्षा परिषद्का सदस्य नभएका कारण बैठकमा सहभागी भएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

इमरान खानलाइ अर्काे जेलमा सारिने

चीन-ईयू वार्ता : आर्थिक मामिलामा नियमित छलफल गर्ने सहमति

रुसको अपराधी सूचीमा अन्तराष्ट्रिय फौजदारी अदालतका अध्यक्ष

वेस्ट बैंकमा भएको झडपमा २ प्यालेस्टाइनीको मृत्यु

इटालीका पूर्व राष्ट्रपति नापोलिटानोको ९८ वर्षको उमेरमा निधन

पाकिस्तानः बलात्कारी बाबुलाई किशोरीले गोली हानेर मारिन्

नाइजेरियामा इन्धन डिपोमा आगलागी हुदाँ ३४ को मृत्यु

रुसी बिदेश मन्त्रीको आरोप, ‘जेलन्स्की संसारभरवाट पैसा र हतियार मागिरहेका छन्

चीनका सामुन्द्रिक युद्धतोपहरु फिलिपिन्सको सिमामा पुगे पछि तनाब सुरु

आर्मेनियाप्रति ऐक्यबद्धता जनाउन अमेरिकी प्रतिनिधीमण्डल येरेभानमा

ताइवानको गल्फ बल कारखानामा आगलागी हुँदा छ जनाको मृत्यु

बेलायतमा चुरोट माथी प्रतिबन्ध लगाउने तयारी