सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

आर्मी सेमिफाइनलमा

२०७९ पुष २७, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः विभागीय टोली त्रिभुवन आर्मी क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हरायो । आर्मीले गण्डकीमाथि २५-११, २५-१०, २५-१५ को जित निकाल्यो । समूह ‘बी’ मा रहेको आर्मीले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । आर्मीले समूहमा ६ अंक बनाएको छ । गण्डकीको यो दोस्रो हार हो ।

महिलाकै अर्को खेलमा एभरेष्ट भलिबल क्लबले नयाँ बजार सामाजिक युवा क्लबलाई ३-० को सोझो सेटमा हराएको छ । एभरेष्टले २५-१२, २५-१२, २५-१४ को जित निकालेको थियो । च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ आठ टोलीको सहभागिता छ ।

पुरुष र महिला दुवैतर्फका विजेताले चार लाख, उपविजेताले दुई लाख र तेस्रो हुने टोलीले एक लाख रुपियाँ पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार र विधागततर्फ उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजक नेपाल भलिबल संघले जनाएको छ । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान

पाकिस्तानमाथि २–१ को जितसँगै भारतलाई साफको १०औँ उपाधि

चितवन राइनोज एनपिएलको क्वालिफायरमा, काठमाण्डु गोर्खाज बाहिरियो

कास्कीले जित्यो गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि

‘किङ्ज कप’ राष्ट्रिय प्रतियोगिताको तयारी पूरा

सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी एनपिएलको फाइनलमा