सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

इजरायलले गरेको आग्रह अमेरिकी सांसदहरुबाट अस्वीकार

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 अमेरिकी सांसद रशीदा तलैबले इजरायलको आग्रहलाई अस्वीकार गरेका छन् ।

सांसद तैलवले विपक्षीको हैसियतमा वेस्ट बैंक र पूर्वी यरूशलमको भ्रमण नगर्ने स्पष्ट पारेका हुन् ।

यसअघि इजरायलले अमेरिकाका दुई जना मुसलमान महिला सांसदहरुलाई आफ्नो मुलुक प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

इजरायल सरकारका प्रमुख आलोचक मानिएका अमेरिकाका मुसलमान महिला सांसदहरु इल्हान उमर र रशीदा तलैबमाथि इजरायलले मुलुक प्रवेशमा प्रतिवन्ध लगाएको हो ।

सांसदद्वय आगामी साता इजरायलको नियन्त्रणमा रहेको वेस्ट बैंक र पूर्वी यरूशलम जाने तयारी थियो ।

सांसद इल्हान उमरले इजरायलको यो कदमलाई लोकतान्त्रिक मूल्य मान्यताको अपमान भएको प्रतिक्रिया दिएका थिए ।

यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्विटरका माध्यमबाट ती महिला सांसदहरुको इजरायल प्रवेशमा प्रतिबन्ध लगाउने माग गर्दै उनीहरुलाई इजरायल प्रवेश गर्न दिनु ‘ठूलो कमजोरी’ हुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चिनियाँ नेता सीसँगको वार्ता अत्यन्त सकारात्मक र फलदायी : राष्ट्रपति ट्रम्प

चिनियाँ जहाजलाई हर्मुज पार गर्न अनुमति

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छाया

भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

एकै दिनमा पाँच हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एक हप्तामा लेबनानमा ५९ जना वालवालिका द्वन्द्वको मारमा : युनिसेफ

अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा अवतरण

लेबनानमा इजरायली भएको आक्रमणमा १३ जनाको मृत्यु, १४ घाइते

विभिन्न हिमालमा पाँच जनाको मृत्यु

युक्रेनमा रूसी हवाई आक्रमण, आठ जनाको मृत्यु, ११ घाइते

इरान–अमेरिका संवादमा पाकिस्तानलाई चीनको साथ

दक्षिण भारतमा भारी वर्षाका कारण छ जनाको मृत्यु