काठमाडौंः प्रमुख प्रतिपक्षी दलका सांसदहरुले कोरोना महाव्याधिका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई तत्काल सुरक्षित रूपमा स्वदेश फिर्ता गर्नुपर्ने भन्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।
नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले सांसदहरू डिला संग्राैला र प्रकाश रसाइली(स्नेही)को समर्थनमा संसदमा सार्बजनिक महत्त्वकाे प्रस्ताव दर्ता गरेका हुन् । उनिहरुले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७१ बमोजिम जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न सूचना दिएका छन् ।







