सदाबहार खबरको रफ्तार ....
बैसाख २७, २०८३ आइतबार
May 10, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पाँचथरका आठ स्थानीय तहमा ७ करोड ३१ लाख बढी बेरुजू

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाँचथरका स्थानीय तहमा ७ करोड रुपैयाँभन्दा वढी रकम बेरुजू देखिएको छ । जिल्लाका आठ स्थानीय तहमा ७ करोड ३१ लाख ९९ हजार बेरुजू रहेका छन् ।

महालेखापरीक्षक कार्यालयको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा पाँचथरका स्थानीय तहले यति ठूलो रकम फर्यौैट गर्न नसकेको हो ।

यो पाँचथरका स्थानीय तहहरुमा विनियोजित कुल रकमको ३ दशमलव ९३ प्रतिशत हो । आठ स्थानीय तहमध्ये सबैभन्दा धेरै बैरुजू कुम्मायक गाउँपालिकाको रहेको छ ।

कुम्मायक गाउँपालिकाको २ करोड १८ लाख ३१ हजार बेरुजू रहेको छ ।

यति धेरै रकम बेरुजू हुनुमा प्राविधिक कारण रहेको कुम्मायक गाउँपालिकाका प्रशासकीय अधिकृत कमलप्रसाद भट्टराइले जानकारी दिए ।

उनले बेरुजू देखिएको रकममध्ये १ करोड ३० लाख फर्यौट भएको तर प्राविधिक कारण लेखापरिक्षण प्रतिवेदनमा समिट गर्न नसकिएको जानकारी दिए ।

कुम्मायकपछि मिक्लाजोङ गाउँपालिकाकोे १ करोड ३९ लाख १८ हजार रकम बेरुजू रहेको छ ।

त्यस्तै फिदिम नगरपालिकाको ८४ लाख २७ हजार, फालेलुङ गाउँपालिकाको ३८ लाख ९४ हजार, फाल्गुनन्द गाउँपालिकाको ४३ लाख ३१ हजार, तुम्वेवा गाउँपालिकाको ९४ लाख ६३ हजार र याङवरक गाउँपालिकाको ५७ लाख २४ हजार रकम बेरुजू रहेको छ । सबै भन्दा कम बेरुजू फालेलुङ गाउँपालिकाको ३८ लाख ९४ हजार रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व सङ्कलन

हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

घान्द्रुकलाई एक फन्को

प्रभावकारी बन्दै आवास बिमा कार्यक्रम

दार्चुलामा भूकम्प

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

ट्राफिक कारबाहीमा चार लाख ४८ हजार राजस्व सङ्कलन

बाढीका सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास