सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रदेश २ मा नेपाल भ्रमण वर्षको तयारी कमजोर

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बारा । नेपाल भ्रमण वर्ष सुरु हुन केही महिना बाँकी रहे पनि प्रदेश २ मा भने त्यसको तयारी कमजोर देखिएको छ ।

प्रदेशभित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा प्रदेश सरकारले खासै चासो नदेखाउँदा प्रभावकारी नहुनेमा आशंका देखिएको हो ।

संघीय सरकारले पर्यटन वर्षलाई प्रभावकारी बनाउन सातै प्रदेशमा प्रादेशिक समन्वय समिति गठन गरे पनि प्रचार प्रसारमा प्रदेश सरकार उदासीन देखिएको छ ।

प्रदेशका मुख्यमन्त्री संरक्षक रहेको समितिमा उद्योगमन्त्री पर्यटनमन्त्री र वन तथा वातावरणमन्त्री अध्यक्ष रहेका छन् । त्यस्तै पर्यटन व्यवसायीलाई कार्यक्रम संयोजक जिम्मेवारी तोकिएको छ ।

प्रादेशिक समन्वय समिति गठन गरेपछि प्रदेश २ मा प्रमाणपत्र वितरण बाहेक एकपटक पनि बैठक बस्न सकेको छैन ।

इतिहासका अध्येता रामप्रसाद अधिकारीले प्राचीन कालदेखि नै प्रदेश २ मा पर्याप्त पर्यटकीय क्षेत्र रहे पनि प्रचारप्रसारको अभावमा पर्यटक भित्रिन नसकेको धारणा राख्छन् ।

पर्यटन वर्षलाई लक्षित गरी कस्ता कार्यक्रम तय गर्ने भन्नेमा अन्योलग्रस्त देखिएको प्रदेश २ सरकारसँग  संघीय सरकारले हातेमालो गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

प्रदेश दुईका प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिका सदस्य मोहन शर्मा पर्यटकीय पूर्वाधार प्रशस्तै भएकाले भ्रमण वर्षलाई सफल बनाउन प्रदेश र स्थानीय सरकार थप जागरुक हुनुपर्ने धारणा राख्छन् ।

पर्सा राष्टिय निकुन्ज, प्रसिद्ध गढीमाई मंदिर, ऐतिहासिक सिम्रौनगढ क्षेत्र, जनकपुरधामलगायतका ठाउँ सयओटा उत्कृष्ट पर्यटकीय क्षेत्रको सूचीमा पर्न सफल भए पनि तिनको प्रचारप्रसार अपर्याप्त देखिएको छ ।

युरोपका बसहरुमा प्रचार गरिए पनि नेपालसँग धार्मिक तथा सामाजिक रुपले नजिक भारतीयहरु लक्षित प्रचार प्रसार बढी हुनुपर्ने हुनुपर्ने पर्यटन व्यवसायीको सुझाव छ ।

निजी होटल तथा पर्यटन संघले भने आफ्नो क्षेत्रबाट प्रचारप्रसारका केही कामहरू गरिरहेको दाबी गर्छन् ।

पर्सा राष्टिय निकुञ्जका अमिर महर्जन भ्रमण बर्षलाई लक्षित गरी आफूहरुको क्षेत्रबाट प्रचार थालेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

आज विश्व पर्यटन दिवस मनाइँदै

बनेको तीन महिनामै सडक भत्किएपछि…

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

राष्ट्रिय सभा बैठक सर्‍यो

गरिबीले उमेर नपुग्दै विहे, सबै विहे सरोकारवालाले गराए बदर

डाक्टर कुटेको आरोपमा वडाध्यक्ष पक्राउ

धनगढीमा भोलिबाट पाँच दिन विद्युत अवरुद्ध हुने

दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा नेपालीको शव फेला

काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाख बढीको चोरी

बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा

सर्लाहीको मलंगवामा दिउँसोको कर्फ्यू हट्यो, निषेधाज्ञा जारी