सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

प्रदेश २ मा नेपाल भ्रमण वर्षको तयारी कमजोर

२०७६ भाद्र २, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बारा । नेपाल भ्रमण वर्ष सुरु हुन केही महिना बाँकी रहे पनि प्रदेश २ मा भने त्यसको तयारी कमजोर देखिएको छ ।

प्रदेशभित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा प्रदेश सरकारले खासै चासो नदेखाउँदा प्रभावकारी नहुनेमा आशंका देखिएको हो ।

संघीय सरकारले पर्यटन वर्षलाई प्रभावकारी बनाउन सातै प्रदेशमा प्रादेशिक समन्वय समिति गठन गरे पनि प्रचार प्रसारमा प्रदेश सरकार उदासीन देखिएको छ ।

प्रदेशका मुख्यमन्त्री संरक्षक रहेको समितिमा उद्योगमन्त्री पर्यटनमन्त्री र वन तथा वातावरणमन्त्री अध्यक्ष रहेका छन् । त्यस्तै पर्यटन व्यवसायीलाई कार्यक्रम संयोजक जिम्मेवारी तोकिएको छ ।

प्रादेशिक समन्वय समिति गठन गरेपछि प्रदेश २ मा प्रमाणपत्र वितरण बाहेक एकपटक पनि बैठक बस्न सकेको छैन ।

इतिहासका अध्येता रामप्रसाद अधिकारीले प्राचीन कालदेखि नै प्रदेश २ मा पर्याप्त पर्यटकीय क्षेत्र रहे पनि प्रचारप्रसारको अभावमा पर्यटक भित्रिन नसकेको धारणा राख्छन् ।

पर्यटन वर्षलाई लक्षित गरी कस्ता कार्यक्रम तय गर्ने भन्नेमा अन्योलग्रस्त देखिएको प्रदेश २ सरकारसँग  संघीय सरकारले हातेमालो गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।

प्रदेश दुईका प्रदेश स्तरीय पर्यटन प्रवद्र्धन समितिका सदस्य मोहन शर्मा पर्यटकीय पूर्वाधार प्रशस्तै भएकाले भ्रमण वर्षलाई सफल बनाउन प्रदेश र स्थानीय सरकार थप जागरुक हुनुपर्ने धारणा राख्छन् ।

पर्सा राष्टिय निकुन्ज, प्रसिद्ध गढीमाई मंदिर, ऐतिहासिक सिम्रौनगढ क्षेत्र, जनकपुरधामलगायतका ठाउँ सयओटा उत्कृष्ट पर्यटकीय क्षेत्रको सूचीमा पर्न सफल भए पनि तिनको प्रचारप्रसार अपर्याप्त देखिएको छ ।

युरोपका बसहरुमा प्रचार गरिए पनि नेपालसँग धार्मिक तथा सामाजिक रुपले नजिक भारतीयहरु लक्षित प्रचार प्रसार बढी हुनुपर्ने हुनुपर्ने पर्यटन व्यवसायीको सुझाव छ ।

निजी होटल तथा पर्यटन संघले भने आफ्नो क्षेत्रबाट प्रचारप्रसारका केही कामहरू गरिरहेको दाबी गर्छन् ।

पर्सा राष्टिय निकुञ्जका अमिर महर्जन भ्रमण बर्षलाई लक्षित गरी आफूहरुको क्षेत्रबाट प्रचार थालेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

बेलौरीमा अतिक्रमित संरचना हटाइयो

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘ डिजिटल प्लेटफर्म’

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले केही स्थानमा वर्षाको सम्भावना

चार घाइतेको हेलिकप्टरमार्फत उद्धार

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

खोक्सिकवासीलाई निःशुल्क विद्युत्

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य