सदाबहार खबरको रफ्तार ....
मंग्सिर १८, २०८० सोमबार
December 4, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

माओवादीका दुई सांसदको शपथ लिने बाटो खुल्यो

२०७९ माघ १०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा माओवादी केन्द्रका दुई समानुपातिक सांसदको मधेस प्रदेशमा शपथ लिने बाटो खुलेको छ ।

क्लस्टर विवादको कारण सर्वोच्च अदालतले माओवादीका समानुपातिक सांसद माला कर्ण र मो. रजि हैदरलाई तत्काल शपथ नगराउन आदेश दिएको थियो । सोही कारण उनी दुवै जना पद तथा गोपनीयताको शपथ लिन पाएको थिएनन् ।

रौतहटकी खजान्ती महतो नुनियाले मधेशी कलस्टरबाट आफू सांसद हुनुपर्ने दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । तर सर्वोच्चले मुद्दालाई तामेलीमा पठाएपछि सांसदद्वय कर्ण र हैदरले शपथ लिने बाटो खुलेको हो ।

कर्ण सप्तरी र हैदर महोत्तरीका छन् । सर्वोच्चले सोमवार नै मुद्दालाई तामेलीमा पठाएपछि उनी दुवै जना सोमबार नै निर्वाचन आयोगबाट प्रमाण–पत्र समेत प्राप्त गरेको बुझिएको छ । मधेस प्रदेशमा कर्ण र हैदरसहित माओवादीका ९ सांसद छन् । पुस १५ मा प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्द न्यौपानेले १०४ सांसदको शपथ ग्रहण गराएका थिए ।

शपथ नलिएका कारण माओवादीका समानुपातिक सांसद कर्ण र हैदरले मुख्यमन्त्री, सभामुख र उपसभामुख चयन प्रक्रियामा सहभागी हुन पाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग

बिधायन व्यवस्थापन समितिको बैठक बस्दै

जलन सम्बन्धी छुट्टै कानुन बनाउने सांसदहरूको प्रतिबद्धता

सरकार र निजी क्षेत्रबीचको सम्बन्ध सौहार्दपूर्ण हुनुपर्छ : सभामुख घिमिरे

राष्ट्रियसभाका अध्यक्ष र अष्ट्रेलियाली समकक्षीबिच भेटवार्ता

लुम्बिनी प्रदेशकाे “स्थानीय तह संग प्रदेश सभा” कार्यक्रम बर्दियाबाट सुरु

सांसद महेशकुमार महराको पसलबाट धनमाल चोरियो

सरकारले संसद् र समिति सञ्चालनको बजेट नियन्त्रण गर्‍यो : सभामुख घिमिरे

संसदीय समितिका सभापतिसँग छलफल गर्दै सभामुख

कोशी प्रदेशमा बजेट प्रतिस्थापन विधेयक सर्वसम्मत पारित

सभामुख घिमिरेका स्वकीय सचिवले निःशुल्क बनाइदिए ४० लाखको नगर विकास योजना

पोर्चुगलका प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान