सदाबहार खबरको रफ्तार ....
मंग्सिर २२, २०८० शुक्रबार
December 8, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

तीन कारण प्रस्तुत गर्दै रामचन्द्र पौडेलले गरे राष्ट्रिय सहमतिका लागि आह्वान

२०७९ माघ १०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले देशमा राष्ट्रिय सहमतिको आवश्यक रहेको भन्दै आह्वान गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सहमतिका लागि विशेषगरी तीन कारण रहेको बताए ।

विशेषगरी देशको कमसल आर्थिक अवस्थालाई अन्त्य गर्न, भूराजनीतिक दबाबको सामना गर्न र शान्तिप्रक्रियालाई पूर्णता दिन राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले राष्ट्रिय सहमतिको आह्वानलार्ई आफ्नो व्यक्तिगत स्वार्थसँग नहेरिदिन पनि आग्रह गरे ।

भूराजनीतिक दबाबसहित नेपाली आकाशमा शीतयुद्ध मडारिएकोले यसको सामना गर्न राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले देशमा राष्ट्रिय नेतृत्व र आत्मविश्वासको समेत अभाव रहेको आफूले महसुस गरेको बताए ।

सत्ता केन्द्रित राजनीतिले देशमा संकट देखापरेको भन्दै उनले अब राष्ट्रिय सहमतिमात्र नेतृत्वले विश्वास आर्जन गर्दैै समस्या समाधान गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम गरी देशको विकास र समृद्धिका लागि दलहरु एकजुट हुनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको एमाले अध्यक्ष ओलीको आरोप

पार्टी परित्याग गरेका सदस्यको नाम अभिलेखबाट हटाउने राप्रपाको निर्णय

कानुन निर्माणमा प्रतिनिधिसभा र राष्ट्रियसभाबीच जिम्मेवारी बाँडफाँट हुनुपर्छ : सांसद डा. विमला राई

एमालेको सङ्कल्प यात्रा पर्वत पुग्दै

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक धुम्बाराहीमा जारी

रास्वपाले सचिवालय बैठक डाक्यो

राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै

‘आजीवन राजनीति गर्‍याे, पैसा खर्च गर्नेले निर्वाचन जित्छ, यो अवस्था बदल्नुपर्छ’

नेकपा एसको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

जसपाको कोशी प्रदेश समितिले गर्‍याे जिम्मेवारी बाँडफाट

जनहितमा बाधक कानुन सुधार गर्नुपर्छ : सांसद गिरी

एमाले पदयात्राः आज रुकुमकोट पुग्दै