सदाबहार खबरको रफ्तार ....
फागुण ९, २०८० बुधबार
February 21, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

अस्पताल लैजाँदा बाटोमै गर्भवतीको मृत्यु

२०७९ माघ १०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बडीमालिका नगरपालिका-१ पिनालेककी २६ वर्षीया गर्भवती जानकी विकको मृत्यु भएको छ । जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार दुई दिनअघि उपचारका लागि भारत लैजान सिफारिस भए पनि ढिलाइ भएकाले मृत्यु भएको बताए ।

“चैतमा सुत्केरी हुँदैहुनुहुन्थ्यो, हामीले उपचारका लागि भारत लैजान सिफारिस गरेका थियौँ”, उनले भने, “ढिलो गरी लैजाँदा गर्दा बाटोमा गाह्रो भएपछि अछामको बयालपाटा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जानकारी पाएका छौँ ।”

विकलाई महेन्द्रनगरतर्फ बसमार्फत् लैजाने क्रममा चौखुट्टेमा समस्या आएपछि उपचारका लागि बयालपाटातर्फ लगिएको थियो । बयलपाटा अस्पतालमा कार्यरत अहेव भवानी ढुङ्गानाले विकको अस्पताल आउनु अघि बाटोमै मृत्यु भइसकेको र बच्चा पनि पेटमै मृत्यु भइसकेको जानकारी दिए । विक मुटुरोगी पनि थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पाटे बाघको आक्रमणबाट दुई जना घाइते

दुर्गा भगवतीमा निःशुल्क स्वास्थ्य शिविर

नगर स्वास्थ शाखा प्रमुखको हृदयघातको कारण मृत्यु

सन्दीप लामिछानेको पुन: शल्यक्रिया

बालबालिकालाई दादुरा र रुबेला खोप

एकै स्थानीय तहका ४ सय जनाको आँखामा मोतिबिन्दु, ३०१ जनाको निःशुल्क शल्यक्रिया

नसामुक्ति अभियन्ता डा. पिताम्बर अवस्थी धनगढीमा अभिनन्दित

पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन स्क्रिनिङ

कमजोर कपालका लागि रोजमेरीको तेल

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. जोशी नियुक्त हुँदै

बाल क्यान्सर सचेतना कार्यक्रम

एक लाख ६१ हजार बालबालिकालाई दादुरा-रुवेलाको खोप दिइँदै