सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पावर बैंक भन्दै माटो भरिएका बट्टा बेचेपछि

२०७९ फागुण १६, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चिठ्ठाको नाममा पावर बैंक (चार्जर) पर्‍यो भनी ठगी गरेको आरोपमा दुईजना भारतीयलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

भारतको सिद्धार्थनगर जिल्ला चन्दनताय गाउँ बस्ने २८ वर्षीय विवेक कुमार भट्ट र सोही ठाउँका २५ वर्षीय सर्वेश कुमार भट्ट सालझण्डीबाट पक्राउ परेका हुन् ।

सैनामैना नगरपालिका–१० सालझण्डी झिमझिमेमा ५० रुपैयाँको चिठ्ठा काटेमा केही कपडा र एमआई कम्पनीको मोवाइलको ओरिजिनल पावर बैंक पर्ने भनेर मानिसहरुलाई ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनीहरुले मोटरसाइकलमा प्रेस लेखेर ठगी गर्दै आएका प्रहरीले जनाएको छ ।
पावर बैंक भनेर विक्रि भएका वस्तु घरमा लगी ४–५ घण्टा चार्ज गरेपछि मात्र काम गर्छ भने पनि घण्टौ चार्ज गर्दा पनि चार्ज नभएपछि पनि उनीहरुको ठगी पत्ता लागेको हो । पावर बैंकलाई खोलेर हेर्दा भित्र माटो मात्रै भेटिएको थियो ।

इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार उनीहरुको साथबाट एमआई २० हजार मेघा एम्पिएर लेखिएको प्लाष्टिकको बट्टा भित्र माटो भएको वस्तु ६ थान, डाटा केबल ६ थान, साडी, कुर्ता, सर्ट पाइन्ट एक–एक थान, स्क्रयाच कुपन ७९ थान वरामद गरिएको छ । यसैगरी ठगी गर्न प्रयोग गरिएको प्रेस लेखिएको यूपी ५५ एएफ १५१९ नम्बरको स्पेलेन्डर मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।

चिठ्ठा स्क्र्याच गर्दा सबैमा पावर बैंक पर्ने गरी सेट गरिएको र ३२०० पर्ने पावर बैंकलाई १२०० रुपैयाँ तिरे पाइने भन्दै नक्कली वस्तु दिएर ठगी गरेको फेला परेपछि उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अर्यालले बताए । अनलाईन खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

टाइट जीन्स लगाउनुहुन्छ ? यी कुरा ख्याल गर्नुस्

कसैसित रिसाउनु किन ?

विश्वका सर्वश्रेष्ठ दश धनी व्यक्तिहरु

चौबीसै घण्टा ब्रा लगाउँदा हुन्छन् यस्ता जोखिम

मेस्सीले दिए विश्वकप विजेता टिमका सहकर्मीलाई गोल्डेन आइफोन उपहार

कुकुर जथाभावी नछाड्न ब्रिटनीलाई चेतावनी

नेपोलियन बोनापार्टकाे लिङ्ग प्रदर्शनीमा

यौन इच्छा भएपछि महिलाले देखाउँछन् यी व्यवहार

प्रियंका गान्धीको स्वागतमा २ किमी लामाे गुलाबकाे सडक

परीक्षामा सफलता प्राप्त गर्न चाणक्यका यी नीतिमा ध्यान दिनुहोस्

तीन मिनेटमा १८४ सेल्फी खिचेर अक्षय कुमारले बनाए रेकर्ड

यस्ता लक्षण देखिएमा थाहा पाउनुस् तपाईं तनावमा हुनुहुन्छ

%d bloggers like this: