सदाबहार खबरको रफ्तार ....
चैत्र १६, २०८० शुक्रबार
March 29, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विश्वका सर्वश्रेष्ठ दश धनी व्यक्तिहरु

२०७९ फागुण २५, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकी आर्थिक पत्रिका फोब्र्सले हालै सार्वजनिक गरेको रियल टाइम बिलिनियर्सको सूचीअनुसार अमेरिकाका जेफ बेजोस आफ्नो पहिलो स्थान कायमै राख्न सफल भएका छन् ।

केही वर्षयता विश्वका धनीको सूचीमा पहिलो नम्बरमा रहेका बिल गेट्सलाई २०१७ को अन्त्यतिर उछिनेका जेफ बेजोस यस वर्ष पनि सर्वाधिक धनी बन्न सफल भएका छन् । त्यस्तै, फेसबुकका सीईओ तथा संस्थापक मार्क जुकरबर्ग विश्वका धनीको सूचीमा गत वर्ष दुई स्थान तल झरेर सातौं स्थानमा रहे पनि यस पटक पुनः पाँचौं स्थानमा पूग्न सफल भएका छन्। ३५ वर्षीय जुकरबर्ग विश्वका शीर्ष १० धनीमध्ये सबैभन्दा कम उमेरका हुन् । त्यस्तै शीर्ष १० अर्बपतिको सूचीमा समेटिएका ८९ वर्षीय वारेन बफेट सबैभन्दा पाको उमेरका अर्बपति हुन् भने यस वर्ष शीर्ष दशमा समावेश भएका ४६ वर्षीय ल्यारी पेज दोस्रो कम उमेरका अर्वपति हुन् । विश्वका सर्वश्रेष्ठ दश धनी व्यक्तिहरु क्रमशः यस प्रकार हुनुहुन्छ ।

१) जेफ बेजोसः
यस वर्ष विश्वका अर्वपतिको सूचीमा पहिलो स्थानमा पर्न सफल धनी हुन् , अमेरिकाका जेफ बेजोस । ५५ वर्षीय बेजोस दोस्रो कम उमेरका अर्बपति पनि हुन् । विश्वकै सबै भन्दा ठुलो अनलाईन शपिङ कम्पनी अमेजन डटकमका संस्थापक तथा प्रमुख कार्यकारी बेजोसको सम्पति गत वर्षको अन्त्यतिर आइपुग्दा एक सय १५ अर्ब डलर कायम भएको थियो । अहिले फेरि बेजोसको सम्पतिमा केही कमी आएर एक सय नै अर्ब डलर कायम भएको छ । उनको कुल सम्पतिमा केही कमी आए पनि विश्वका सबैभन्दा धनीको सूचीमा बेजोस पहिलो स्थानमै रहेका छन् । पुस्तकको अनलाइन व्यापारबाट सुरु भएको अमेजनले अहिले विभिन्न उत्पादन बेच्दै आएको छ । उनले प्रिन्स्टन विश्वविद्यालयबाट आर्टस् र विज्ञान विषयमा स्नातक गरेका छन् । सन् १९९८ मा पहिलोपटक बेजोस अमेरिकाका सबैभन्दा धनी चार सय व्यक्तिको सूचीमा परेका थिए । अमेजन कम्पनी सार्वजैनिक कम्पनी बनेको एक वर्षपछि नै उनी अर्बपतिको सूचीमा परे, त्यतिबेला उनको सम्पति एक अर्ब ६० करोड डलर थियो ।

२) बिल गेट्स :
दुई वर्षअघिसम्म यो सूचीको पहिलो स्थानमा रहेका ६४ वर्षीय बिल गेट्स अमेरिकी नागरिक हुन् । तर, सन् २०१७ को अन्त्यतिर गेट्सलाई उछिन्दै पहिलो स्थानमा जेफ बेजोस पुगेयता बिल गेट्सले दोस्रो स्थानमै चित्त बुझाउनुपरेको छ । गत वर्ष ८९ अर्ब डलर सम्पति रहेका गेट्सले यो वर्ष सम्पति बढाएर एक सय ७ अर्ब १० करोड डलर पु¥याए पनि उनी दोस्रो स्थानमै रहेका छन् । बिल गेट्सले आफ्नो आयको ठुलो हिस्सा बिल एन्ड मेलिन्दा गेट्स फाउन्डेशन मार्फत विभिन्न समाजिक कार्यमा लगानी गरेका छन् । उनले सन १९९६ दुई अर्ब ९० करोड डलर नगद तथा अन्य सम्पति दान गरिसकेको बताइन्छ । उनी हार्बर्ड विश्वविद्यालयमा अध्ययन गर्दागर्दै सफ्टवेयरको व्यापारमा लागेका थिए । उनको माइक्रासफ्ट कम्पनीबाट उत्पादित सिस्टमद्धारा अहिले विश्वका ९४ प्रतिशत कम्प्युटर सञ्चालित छन् ।

३)बर्नाड आर्नल्ट :
सर्वाधिक धनीको सूचीमा तेस्रो स्थानमा उक्लन सफल बर्नाड आर्नल्ट फ्रान्सको विश्वप्रसिद्ध बहुराष्ट्रिय कम्पनी एलभीएमएचका प्रमुख कार्यकारी अधिकृत हुन् । ७० वर्षीय बर्नाड आर्नल्टको सम्पति गत वर्ष ६७ अर्ब ३० करोड डलर रहेकोमा यो वर्ष उनको सम्पति बढेर एक सय ६ अर्ब डलर कायम भएको छ । उनको कम्पनीबाट डम पेरिगन, बल्गरी , लुइस भिटन, सेफोरालगायतका ७० भन्दा बढी ब्रान्डका विश्वप्रसिद्ध प्रशाधन उत्पादन हुँदै आएका छन् । साथै , एलभीएमएच कम्पनीकै छातामुनी रहेर तीन हजार नौ सयभन्दा बढी खुद्रा पसल समेत सञ्चालित छन् ।

४)वारेन बफेट :
गत वर्ष धनीको सूचीमा तेस्रो स्थानमा रहेका वारेन बफेट यो वर्ष एक स्थान पछि पर्दै चौथो स्थानमा पुगेका छन् । ८९ वर्षीय वारेन बफेट अमेरिकी नागरिक हुन् । गत वर्ष उनको सम्पती ७८ अर्ब ९० करोड डलर रहेकोमा यो वर्ष उनको सम्पति बढेर ८७ अर्ब ७० करोड कायम भएको छ । बफेटले नेब्रास्का युनिभर्सिटीबाट बिजनेस प्रशासनमा स्नातक तथा कोलम्बिया युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । वित्तक्षेत्रमा चर्चित बफेटले शेयर , बैंकिङ एवं वीमा आदि क्षेत्रमा लगानी गरेर यति सम्पति कमाउन सफल भएका हुन् । उनको शेयर अमेरिकन एक्सप्रेस , कोकाकोला, जिलेट जस्ता प्रमुख कम्पनीमा छ । उनले पनि सन् २००६ यता ३० अर्ब ९० करोड डलर विभिन्न च्यारिटीलाई दिइसकेका छन् ।

५)मार्क जुकरबर्ग :
गत वर्ष सातौं स्थानमा रहेका फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्ग विश्वका धनीको सूचीमा यो वर्ष दुई स्थान माथि उक्लँदै पाँचौं स्थानमा रहेका छन् । ३५वर्षीय जुकरबर्ग तीन वर्ष यता धनीको सूचीमा पहिलो १० स्थानमा पर्न सफल भएका हुन् । गत वर्ष उनको कुल सम्पति ४९ अर्ब ७० करोड डलर रहेकोमा यो वर्ष उनको सम्पति बढेर ७५ अर्ब डलर कायम भएको छ । उनी सबैभन्दा कम उमेरका धनी हुन् ।

६)अमान्सियो ओर्टेगा :
अर्बपतिको सूचीमा गत वर्ष पाँचौं स्थानमा रहेका स्पेनका ८३ वर्षीय व्यवसायि अमान्सियो आर्टेगा यो वर्ष एक स्थान तल झरेर छौटौं स्थानमा रहेका छन् । जारा फेसन हाउसका मालिक ओर्टेगाको कुल सम्पतिमा करिब १२ अर्ब डलर घटेर गत वर्ष ५९ अर्ब २० करोड डलर कायम भएको थियो ।तर, यो वर्ष फेरि उनले कूल सम्पति बढाएर ७४ अर्ब डलर पु¥याउन सफल भएका छन् । अघिल्लो वर्षको तुलनामा उनको कुल सम्पतिमा बृद्धि भए पनि समग्रमा उनले विश्वका धनीमध्ये छैटौं स्थानमा चित्त बुझाउनुपरेको छ । ओर्टेगा मूलत ः खुद्रा व्यापारी हुन् । स्पेनमा रहेको उनको जारा नामक स्टोरमा लत्ताकपडादेखि घरायसी उपभोग्य सामग्रीसम्म उपलब्ध छन् । विश्वका ७१ देशमा यस्ता स्टोर चार हजारभन्दा बढी छन् । त्यसबाहेक ओर्टेगाको ग्यास , बैंकिङ , रियल स्टेट र पर्यटन क्षेत्रमा पनि विश्वको विभिन्न मुलुकमा लगानी रहेको छ ।

७)ल्यारी एलिशन :
गत वर्ष नवौं स्थानमा रहेका ल्यारी एलिशनको यो वर्ष कूल सम्पतिमा वृद्धि भएसँगै दुई स्थान माथि उक्लेर सातौं स्थानमा पर्न सफल भएका छन् । ७५ वर्षीय अमेरिकी नागरिक एलिशन ओराकल सफ्टवेयरका मालिक हुन् । अघिल्लो वर्षको तुलनामा उनको सम्पति घटेर ४८ अर्ब १० करोड डलर पुगेको थियो । तर, यस वर्ष फेरि एलिशनको कूल सम्पति वृद्धि भएर ६९ अर्ब डलर कायम भएको छ । एलिशनले सन १९७७ मा ओराकलको क्षेत्रमा काम गर्न थालेको थिए –जुन सन १९८६ देखि सार्वजनिक प्रयोगमा आएको हो । एलिशनले युनिभर्सिटी अफ सिकागोमा भौतिकशास्त्र अध्ययन गरे पनि स्नातक नसक्दै बीचमै पढाइ छाडेका थिए ।

८)कार्लोस स्लिम हेलु :
गत वर्ष यो सूचीको छैटौं स्थानमा रहेका मेक्सिकोका ७९ वर्षीय कार्लोस स्लिम हेलु यो वर्ष दुई स्थान पछि परेका छन् । गत वर्ष उनको कूल सम्पति ५३ अर्ब ९० करोड डलर रहेकोमा यो वर्ष उनको सम्पति बढेर ६१ अर्ब ४० करोड डलर कायम भएको छ । उनको कुल सम्पत्तिमा वृद्धि भए पनि विश्वका धनीको सूचीमा भने पछि पर्दै उनले आठौं स्थानमा चित्त बुझाउनुपरेको छ । मुख्यतः दूरसञ्चार व्यवसायी कार्लोसको व्यापारले मेक्सिकोमा एकाधिकार नै जमाएको छ । त्यसबाहेक सम्पूर्ण ल्याटिन अमेरिकी क्षेत्रमा समेत उनको प्रभाव छ । उनी खुद्रा व्यापार , बैकिङ तथा वीमासमबन्धी कारोबार पनि गर्छन् । हेलुका छ सन्तानमध्ये तीन छोरा उनको व्यापारमा संलग्न छन् ।

९)ल्यारी पेज :
विश्व चर्चित गुगल कम्पनीका सह संस्थापक ल्यारी पेज गत वर्षदेखि विश्वका शीर्ष १० धनीको सूचीमा समावेश हुन सफल भएका हुन । गत वर्ष यो सूचीमा आठौं स्थानमा रहेका उनी यसपटक भने एक स्थान तल झरेर उनी नवौं स्थानमा पुगेका छन् । गत वर्षको अन्त्यतिर उनको कूल सम्पति ५१ अर्ब ३० करोड डलर रहेकोमा यस वर्षको नोभेम्बरसम्म उनको सम्पति बढेर ६० अर्ब ९० करोड डलर पुगेको छ । अमेरिकन कम्प्युटर वैज्ञानिक तथा इन्टरनेट व्यवसायी ४६ वर्षीय ल्यारी पेजले सर्जेइ ब्रिनसँग मिलेर गुगलको स्थापना गरेका हुन । गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटका उनी प्रमुख कार्यकारी अधिकृत हुन् ।

१०)मुकेश अम्बानी :
विश्वका धनीको सूचीमा शीर्ष १० स्थानमा पहिलोपटक पर्न सफल मुकेश अम्बानी भारतीय धनी हुन् । ६२ वर्षीय अम्बानी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष , प्रबन्ध निर्देशक साथै सबैभन्दा ठुलो शेयर धनी हुन् । केमिकल इन्जिनियरिङमा स्नातक अम्बानीले एमबीएका लागि स्टेनफोर्ड विश्वविद्यालय पुगे पनि पहिलो वर्षपछि नै बीचमै पढाइ छाडेका थिए । भारतीय धनी अम्बानीको मुख्यतः पेट्रोलियम पदार्थ , तेल र ग्यास , खुद्रा व्यापार साथै भारतको सबैभन्दा ठुुलो दूरसञ्चार नेटवर्क रिलायन्स जियोको पनि कारोबार रहेको छ । विश्वका सर्वाधिक धनीमध्ये दशौं स्थापनमा रहेका अम्बानीको डिसेम्बर पहिलो सातासम्म कूल सम्पति ६० अर्ब ७० करोड डलर पुगेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पुलिसले घर घेरेपछि भागेको चोरद्वारा डेढ घण्टापछि त्यही घरमा फर्किएर चोरी

होलीको कपडामा दाग गएन ? उसो भए यो घरेलु उपाय अपनाउनुहोस्

अमेरिकाको अनौठो पार्लर, जहाँ रुने सम्पुर्ण सुविधा छ

सम्बन्ध विच्छेदको माग गर्दै अमेरिकामा ‘सेक्स हडताल सुरू

बाराम्बार लडे पछि अमेरिकी राष्ट्रपति वाइडनका लागि बनाइयो बिशेष जुत्ता

अस्ट्रेलियाका विदेशमन्त्री वोङले गरिन समलिङ्गी विवाह

बोइङको उडिरहेको विमानबाट फेरि उप्कियो एक हिस्सा

जापानकाे उच्च अदालतले बल्ल दियाे समलिङ्गी बिबाहलाइ मान्यता

अन्तराष्ट्रिय मिडिया टाइकन मर्डोकले ९२ बर्षको उमेरमा पाँचौं पटक विवाह गर्दै

पाकिस्तानमा राष्ट्रपतिले छोरीलाई प्रथम महिला बनाएपछि विश्वभर चर्चा

किस गर्दा तपाईँको स्वास्थ्यमा पुर्याउने ७ फाइदा के-के हुन्?

जसले कोरोना खोप २१७ पटक लगाए !