सदाबहार खबरको रफ्तार ....
जेठ २०, २०८० शनिबार
June 3, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

युवा कवि किशमा किशाेरलाई प्रगति साहित्य सम्मान

२०७९ फागुण २७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सिन्धुपाल्चोक -प्रगति साहित्य सम्मान-२०७९ बाट किशमा किशाेर बुढाथोकी सम्मानित भएका छन् ।

सिन्धुपाल्चोक जिल्ला मेलम्ची  नगरपालिका ११ स्थित संस्थागत विद्यालय प्रगति अंग्रेजी माविले बुढाथोकीलाई यस वर्षको साहित्य सम्मान प्रदान गरेकाे हाे । उनीसँगै प्रगति पत्रकारिता सम्मानबाट दिनेश थापा र प्रगति कला सम्मानबाट पदम दुलाल सम्मानित भए । विद्यालयले हरेक वर्ष विभिन्न विधाबाट समाज विकासमा लागि याेगदान दिएका व्यक्तिहरूलाई सम्मान गर्ने गरेकाे छ ।

साहित्य विधाबाट सम्मानित भएका बुढाथाेकीले खाडी मुलुक कतारदेखि नेपालमासमेत साहित्यमार्फत नेपाली भाषा संस्कृतिकाे उत्थान, विकास र संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले कदरस्वरूप सम्मान गरेकाे बिद्यालयले जनाएकाे छ ।बुढाथोकीले कतारमा रहँदा नवाेदित साहित्यिक वाचनालयमा संस्थापक रही प्रपासमा नेपाली साहित्यकाे विकासमा याेगदान गरेका थिए ।

सिन्धुपाल्चोकमा रहेर उनले स्पन्दन साहित्यिक मासिक र गजल सिन्धु मासिककाे सम्पादन गरेका थिए । सिन्धु साहित्य अभिलेखालयकाे संयाेजक, गजल सिन्धुकाे अध्यक्ष, शब्द सारथि, आधुनिक नेपाली गजल अभियानलगायत संस्थामा आवद्ध रही उनी साहित्यकाे विकासमा क्रियाशील छन् । उनकाे मरूभूमिकाे साहित्य यात्रा र जुनका आभाहरू कृति प्रकाशित छ ।

त्यस्तै पत्रकारिता सम्मानबाट सम्मानित थापा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष हुन् । २०६० सालबाट पत्रकारिता सुरू गरेका थापा हाल सिन्धु प्रवाह साप्ताहिकका सम्पादक हुन् । राजधानी दैनिक र नेपाल प्रेस डटमा आवद्ध उनले जिल्लामा भएका विपदलगायतमा समाचार सम्प्रेषण गरी नागरिकलाई सुसूचित गराएकाले सम्मान गरिएकाे विद्यालयले जनाएको छ । लाेक गायक पदम दुलाललाई गीत संगीतबाट मनाेरञ्जन मात्रै नभई जिल्लाकाे कला तथा पर्यटन विकासमा सघाउ पुर्याएकाले सम्मान गरिएकाे हाे ।

हरेक वर्ष प्रदान गर्दै आएको प्रगति सम्मानबाट यस वर्ष सिन्धुपाल्चोकका तीनजना सम्मानित भएका छन् । सिन्धुपाल्चोक जिल्लामा जन्मेर राष्ट्रलाई याेगदान गर्ने  विभिन्न विधाका व्यक्तित्वलाई २०६२ सालदेखि  निरन्तर सम्मान प्रदान गर्दै आएको साे विद्यालयले आफ्नो विद्यालयकाे  ३१औं वार्षिकोत्सव समारोहकाे अवसरमा सम्मान प्रदान गरेकाे हाे । मेलम्ची  नगरपालिकाका प्रमुख आइतमान तामाङले उनीहरूलाई सम्मान पत्र प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डा खनालको कविताकृति ‘सन्देश’ सार्वजनिक

कास्कीका गोकर्ण कार्की बने एसियाका ‘योङ इन्टरप्रेन्योर अफ द इयर’

भोजपुरी चित्रकलामा रमाएका अन्सारी

‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट ६ जना पुरस्कृत

वरिष्ठ पत्रकार दाहालको १२औँ कृति ‘कालपात्र’ सार्वजनिक : गृहमन्त्रीले गरे बिमोचन

‘पर्वत पर्वतमा बटुवा घाम’को विमर्श

चार नेपालीलाई भारत गौरव सम्मान

श्रीयन्सी ज्ञवालीको पुस्तक ‘द डार्क सिक्रेट्स अफ अन्नेम’ बजारमा

महोत्तरीका साहित्यकारहरू भ्रष्टाचारविरुद्धको आन्दोलनमा

आठ स्रष्टालाई सम्मान र पुरस्कार

राष्ट्रिय ललितकला प्रदर्शनी: यसपटक ६ सय ९५ सिर्जना समावेश

नेपाली कला र संस्कृतिलाई संसारमा फैलाउन सभामुखको आग्रह