सदाबहार खबरको रफ्तार ....
बैसाख १३, २०८१ बिहिबार
April 25, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

टर्किस लेखक थम्पिनारको उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण प्रकाशित

२०७९ फागुण २८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः टर्किस लेखक अहमेत हम्दी थम्पिनारको विश्वचर्चित उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण प्रकाशित भएको छ ।

टर्कीस भाषामा पहिलोपटक ‘हुजुर’ नाममा उपन्यास प्रकाशन भएको थियो । डा. विमलकुमार सुवेदीले नेपाली भाषामा अनुवाद गरेको उपन्यासको नाम ‘सम्यक मन’  राखिएको छ । यसको प्रकाशन वी रिडले गरेको हो ।

टर्किस साहित्यको इतिहासमा यो नै त्यस्तो पहिलो उपन्यास हो जसले वर्ग चेतना र आधुनिक उपन्यासका सिद्धान्तलाई सघन र सर्वाङ्गीण रूपले सम्बोधन गर्दै पश्चिमीकरणका समस्याबारे गम्भीर छलफल गरेको छ । पूर्व–पश्चिमबीचको द्वन्द्व, व्यक्तिगत खुसी र सामाजिक दायित्वबीचको सम्बन्ध र नयाँ–पुरानो मान्यताबीचको द्वन्द्व उपन्यासको केन्द्रमा छ ।

धर्म, प्रेम, पश्चिमा सभ्यता र संस्कृति अनि इतिहासका विविध आयाम समेटेर लेखक थम्पिनारले उपन्यासलाई खँदिलो र पठनीय बनाएका छन् ।

 

थम्पिनारलाई बीसौं शताब्दीको सबैभन्दा प्रमुख टर्कीस उपन्यासकारका रुपमा लिइन्छ । इस्तानबुलमा जन्मेका उनी कवि, निबन्धकार पनि हुन् । उनका ‘माहुर कम्पोजिसन’, ‘आउटसाइड द स्टेज’, ‘द टाइम रेगुलेसन इन्स्टिच्युट’, ‘वुमन अन द मून’ उपन्यास र ‘अल हिज पोएम्स’, ‘अडिसन्स’, ‘अब्दुल्लाह इफेन्दीज् ड्रिम्स’, ‘द समर रेन’ कविता प्रकाशित छन् । उनी १९४४ देखि १९४६ सम्म टर्की संसद्को सदस्य पनि भएका थिए । उनले इस्तानबुल विश्वविद्यालयमा सौन्दर्यशास्त्र, पौराणिक कथा र साहित्य अध्यापन गराए । १९०१ जुन २३ मा जन्मिएका उनको १९६२ जनवरी २४ मा निधन भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

छिन्नलता गीत पुरस्कारको घोषणा

जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी

तारिणीप्रसाद कोइरालाको उपन्यास “प्रभा” सार्वजनिक

‘आर्टिष्ट कलाकारलाई स्थानीय स्तरबाट संरक्षण गर्नुपर्छ’

‘विनोद–सुमन’ पत्रकारिता पुरस्कारको घोषणा

नेता महतोको ‘अधुरा क्रान्ति’ सार्वजनिक

अन्तर्राष्ट्रिय कवि सम्मेलन

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

तीन सर्जकका तीन कृति लोकार्पण

‘स्रष्टा चैत्र ३०’ सम्मान पौडेल र मालीलाई

गीतकार थापा र गायिका देशार सम्मानित

‘वसन्त रितु’ मा सबै जाति र भाषा फलाउने–फुलाउने सन्देश