सदाबहार खबरको रफ्तार ....
बैसाख ७, २०८१ शुक्रबार
April 19, 2024
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

नयाँ सार्वजनिक सेवाको प्रभावकारिता – श्याम प्रसाद मैनाली

२०७९ फागुण २९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राज्य र सरकारको उद्देश्य आफ्ना नागरिकहरूलाई सुविधा र सेवा उपलब्ध गराई सुशासन प्रदान गर्नु हो । यही उद्देश्य प्राप्तिका लागि विश्वका लोकतान्त्रिक देशहरूमा विभिन्न प्रकारको प्रयोग भइराखेको पाइन्छ । धेरै प्रकारका असल अभ्यासको प्रयोग र सिद्धान्तको प्रतिपादन हुँदै आएका छन् । सार्वजनिक सेवा प्रदान गर्ने सन्दर्भमा विषेशतः तीन पात्र सेवा प्रदायक संस्था, सेवाग्राही र सेवाप्रदायक महत्वपूर्ण हुन्छन् । यी तीनवटै पात्र सबल, सक्षम र क्षमतावान् हुँदा मात्र अपेक्षित उपलब्धि हासिल हुन सक्छ । सेवा प्रदायक संस्थाको व्यवस्थापनमा सुधार हुँदै गर्दा जनता लाभान्वित हुन सक्छन् । व्यवस्थापनको सन्दर्भ अत्यन्त संवेदनशील हुन्छ । विभिन्न कालखण्डमा व्यवस्थापन चुस्त र प्रभावकारी बनाउने क्रममा प्रशासन र व्यवस्थापनका विद्वानले धेरै प्रकारका योगदान गर्दै आएका छन् । प्रारम्भमा सार्वजनिक प्रसासनले आफ्नो प्रभाव संगठनमा कायम गरेको थियो । प्रशासन र व्यवस्थापन एकअर्काका पूरक हुन् र एकले अर्कालाई आफ्नो एक अंशका रूपमा मात्र स्वीकार गरेका छन् ।

प्रशासन र व्यवस्थापनको विवाद यथावत् रहेकै अवस्थामा नयाँ सार्वजनिक व्यवस्थापनको अवधारणाले द्रुत गति लिन पुग्यो । लामो समयसम्म यसमा विकासोन्मुख देशहरूले प्रतिपादन र अभ्यास गर्दै गए । यसमा निजी क्षेत्रलाई प्रश्रय दिई निजी क्षेत्रबाटै र सार्वजनिक क्षेत्रसँग यसको समन्वयका आधारमा सार्वजनिक सेवालाई प्रभावकारी बनाउने तरिकाको उल्लेख गरिएको छ । सैद्धान्तिक अवधारणाको विकासबाट निजी क्षेत्रलाई सार्वजनिक सेवामा समाहित गराउने अभिप्रायले बजारबाट काम लगाउने र सार्वजनिक क्षेत्र आफैंले विश्व परिवेशमा आएको परिवर्तनका आधारमा आफ्नो आन्तरिक बजारको अवस्थालाई समेत दृष्टिगत गरेर बजार र परिवेश अनुकूल व्यवस्थापन गर्ने पहलकदमी हुँदै आएको छ । आर्थिक, संरचनात्मक र राजनीतिक व्यवस्थापनलाई मध्यनजर गर्दै नयाँ सार्वजनिक व्यवस्थापनले आफ्नो प्रभावकारिता कायम गरिराखेको छ ।

सार्वजनिक व्यवस्थापनमा नयाँ सार्वजनिक व्यवस्थापनको प्रयोगबाट समेत अपेक्षित उपलब्धि प्राप्त हुन नसकेको महसुस भयो । यसका सकारात्मक र नकारात्मक पक्ष’bout बहस र विश्लेषण हँुदै गर्दा समसामयिक सुधारको आवश्यकता हुन थाल्यो । नयाँ सार्वजनिक व्यवस्थापनको प्रादुर्भाव सेवा प्रवाहमा लोकतान्त्रिकरणका मूल्य र मान्यताका आधारमा गर्न खोजिएको छ । यसका लागि नीतिनिर्मातालाई सार्वजनिक सेवा प्रवाहका लागि उत्तरदायी बनाउने कार्यतर्फ सेवाग्राही तथा अन्य नागरिक समाज संस्था वा नागरिक समूह क्रियाशील हुनुपर्छ । नागरिक सहभागितात्मक बजेट निर्माण, सहभागितात्मक योजना तर्जुमा, सूचना प्रवाहमा चुस्तता, सञ्चारमाध्यमबाट स्वतस्फूर्त सूचनाप्रवाहलाई प्रभावाकारी बनाउन सहयोग पुग्छ । नागरिकलाई क्रेताका रूपमा होइन सार्वभौमसत्ता सम्पन्न नागरिकका रूपमा सम्मान दिई सेवा प्रवाह गर्नुपर्ने बहस यसले चलाएको छ । यदि व्यक्तिगत र सार्वजनिक भलाइका सन्दर्भमा समन्वय हुन नसक्दा र विवादित बनेमा सार्वजनिक भलाइलाई सर्वोपरि प्राथमिकतामा राख्नुपर्छ ।

सार्वजनिक सेवाको उद्देश्य उद्यमशिलताको विकास गर्नु, नाफा आर्जन गर्नुभन्दा नागरिकलाई उनीहरूको अधिकारको व्यवहारमै प्रत्याभूति गर्ने प्रकारले गरिनुपर्छ । राज्य वा सरकारले व्यापार व्यवसाय गर्ने होइन सामाजिक दायित्वको निर्वाह गर्न सेवकका रूपमा प्रस्तुत हुनुपर्छ । सेवा प्रदायकले आफ्नो कार्य सम्पादन गर्दा लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् व्यवहारमै गर्नुपर्छ । जनतालाई केन्द्रबिन्दुमा राखेर उनीहरूको स्वार्थ र आवश्यकता सेवाग्राहीले नै स्वामित्व ग्रहण गर्नु आवश्यक छ । लोकतान्त्रिक प्रक्रियाको अवलम्बन गर्दा राजनीतिक चिन्तन हुनुपर्छ । देशले अवलम्बन गरेको राजनीतिक प्रणाली नयाँ सार्वजनिक सेवाका हिसाबले सहयोग सिद्ध हुने स्थिति हो वा होइन ? विश्लेषण हुनु जरुरी छ । विश्लेषणका आधारमा समयसापेक्ष परिमार्जन हुनुपर्छ । सोहीअनुसारको रणनीति तय गरिनुपर्छ ।

नयाँ सार्वजनिक व्यवस्थापनको प्रादुर्भाव सेवा प्रवाहमा लोकतान्त्रीकरणका मूल्य र मान्यताका आधारमा भएको छ

यसमा अत्याधिक महत्वको विषयका रूपमा सेवाग्राहीको जनताप्रतिको जवाफदेहिता स्पस्ट गरिनुपर्छ । नियन्त्रण गर्ने र शासन गर्ने सोचबाट मुक्त भई सेवाभावले प्रेरित हुँदै नागरिकप्रति समर्पित हुन सक्नुपर्छ । उत्पादन र उत्पादकत्वभन्दा नागरिकलाई केन्द्रबिन्दुमा राखी सहज र सरल तरिकाले सेवा प्रवाह गर्नु गराउनु नै नयाँ सार्वजनिक सेवाको मूल उद्देश्य हो । जनतासँग सहकार्य र सहभागितात्मक प्रक्रियाको अवलम्बन गर्दै आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ । जनताको विश्वास आर्जन गर्न सक्ने वातावरण सेवा प्रदायकले सिर्जना गर्न सक्नुपर्छ । लोकतान्त्रिक सहभागितालाई मूल मन्त्रका रूपमा ग्रहण गर्दै सरकारको मान्यतालाई अभिवृद्धि गर्नुपर्छ । कुनै निर्णय गर्नुपूर्व ती निर्णय कार्यान्वयन सहज बनाउन सक्नुपर्छ ।

यसका लागि सार्वजनिक सेवाप्रवाह जनताले स्वागत गर्दै सरकारी कार्यहरूको स्वामित्व ग्रहण गर्ने अवस्था बनाउन सक्नुपर्छ । सार्वजनिक क्रियाकलापमा नागरिकलाई सबलीकरण, सशक्तीकरण र मूल प्रवाहीकरण गर्नु जरुरी हुन्छ । जनतासँग सम्बन्धित सबै प्रकारका सूचना सेवाग्राहीले स्वतः प्राप्त गर्ने संयन्त्र र बहुलवादको निर्माण गरिनुपर्छ । जनतासँग सम्बन्धित विषयमा उनीहरूसँग साक्षात्कार गरेर, प्रत्येक विषयमा जनतासँगकै अन्तक्र्रियाका आधारमा विश्लेषण गर्ने र मतैक्यता कायम गरेर निर्णयमा पुग्नु जरुरी हुन्छ ।

सबै प्रकारका सार्वजनिक सम्पत्तिमा जनताको अपनत्व कायम गरिनुपर्छ । सम्पत्ति आफ्नै भएको भावनाका साथ जनताले नै त्यस प्रकारको सम्पत्तिको संरक्षण गर्ने अवस्था सिर्जना हुनुपर्छ । सार्वजनिक मूल्य र मान्यतालाई सिरोपर गर्दै सार्वजनिक निकायले नाफा कमाउने दृष्टिकोण परित्याग गर्न सक्नुपर्छ । लोकतान्त्रिक मूल्य मान्यता र बहुलवादको आधुनिक अवधारण आत्मसात् गर्दै प्रभावकारी कार्यान्वयन गरिनुपर्छ । जिम्मेवारीको निर्वाह गर्दा संयुक्त रूपमा गर्ने बानी बसाल्नुपर्छ । सबै प्रकारका नीति र कार्यक्रमको अन्तिमस्वरूप तयार पार्दा नागरिकका आवश्यकता र मागका आधारमा गर्नुपर्छ । नेतृत्वमा दीर्घकालीन सोच हुनुका साथै संयन्त्रमा लोकतान्त्रिक आचरण अनिवार्य हुन्छ । बजारको विकास कुन रफ्तारमा भइराखेको छ त्यो अवस्था आत्मसात् गरेर बजारमा आउने परिवर्तनलाई नियाली त्यसैका आधारमा अघि बढ्न सक्ने क्रियाशिलता संयन्त्र वा सेवाप्रदायकसँग हुनुपर्छ । नागरिकका चासोका विषयमा आउँदै गरेको परिवर्तन, विद्यमान संविधान, कानुन, राजनीतिक मूल्य र मान्यता, सामुदायिक भावना र स्तर’boutमा विस्तृत ज्ञान र जानकारी सेवा प्रदायकमा हुनुपर्छ ।

यही आधारलाई स्वीकार गर्दै नयाँ सार्वजनिक सेवाका लागि केही सिद्धान्त प्रतिपादन भएका छन् । लोकतान्त्रिक बहुलवाद र बहुलवादलाई स्वीकार गर्ने संस्कारको विकास हुनुपर्छ । सेवाप्रवाहका लागि गरिने सबै प्रकारका क्रियाकलापमा कुनै प्रकारको गोपनीयता कायम गर्ने, जनताका नाममा गरिने सेवाप्रवाह गर्दा उनीहरूलाई नै गुमराहमा राख्ने दुस्प्रयास अस्वीकार गर्दै सबै कार्यहरूको सम्पादन खुला प्रकारले गरिनुपर्छ । सबै सेवाग्राहीले सार्वभौम नागरिकका रूपमा सम्मान प्राप्त गरी उनीहरूको सबै प्रकारको पहिचानलाई स्थापित गराउने गरी सार्वजनिक निकायहरू संस्था र यसका पात्र परिचालित हनुपर्छ । विभिन्न पहिचान भएका नागरिकबीच ध्रुवीकरणलाई निरुत्साहित गरिनु जरुरी छ । सबै प्रकारका विविधताबीच राष्ट्रिय एकता र मतैक्यता कायम गर्ने प्रयास इमानदारिताका साथ हुनु अत्यावश्यक छ । कार्यहरूको पहिचान, तर्जुमा, कार्यन्वयन, मूल्यांकन, पृष्ठपोषण, सबै चरणमा सामूहिक रूपमा निर्णय लिने, विवादरहित अवस्था सिर्जना गर्ने प्रयासलाई उच्च प्राथमिकता प्रदान गर्नुपर्छ । कुनै प्रकारका विवादको सिर्जना हुँदा मध्यस्थताका आधारमा सवै विवादित पक्षलाई समुचित लाभ पुग्नेगरी सम्झौता र समझदारी गरिनुपर्छ ।

सार्वजनिक सेवालाई सरल, सहज र गुणस्तरीय बनाउन परिवेशमा आएको परिवर्तनअनुसार समयसापेक्ष सुधार र सेवा प्रवाहको मान्यतालाई नयाँ सार्वजनिक सेवाले आत्मसात् गरेको छ

नयाँ सार्वजनिक सेवाप्रवाह गर्दा यसको प्रभावकारिताको अभिवृद्धि गर्ने अभिप्रायले सार्वजनिक संयन्त्र र नागरिक एवं नागरिक संस्थाबीच सम्पर्क घनिष्ठ हुने प्रकारले व्यापक सञ्जालको विकास गरिनुपर्छ । नागरिक समाज, उपभोक्ता समूह, सेवाग्राहीको अन्य कुनै पनि प्रकारको सामूहिक मञ्च वा संगठनसँग पटकपटक विभिन्न चरणमा अन्तत्र्रिmया हुनुपर्छ । लोकतान्त्रिक शासनका आधारमा सार्वजनिक संयन्त्र परिचालित भएको सन्दर्भमा जनतालाई विश्वस्त बनाउन लोकतान्त्रिक शासन प्रणाली’bout सबैलाई जानकारी दिलाउने बहुलवादको विकास हुनुपर्छ । नागरिक अधिकारको निर्वाध रूपमा व्यवहारमै उपयोग गर्न पाइराखेको अनूभूति नगरिकलाई गराई विश्वस्त तुल्याउने सत्प्रयास हुनुपर्छ । सेवाप्रवाह नतिजामुखी र लक्षित वर्गसँग सम्बन्धित गराउने लक्ष्य राख्ने हो भने सेवा प्रवाहलाई लोकतान्त्रिक प्रणालीसँगको आबद्धता अनिवार्य हुनुपर्छ । नतिजामुखी गन्तव्यका आधारमा प्रदान गरिने सेवा सधैं सेवा लक्षित वर्गसँग घनिष्ठ रूपमा सम्बन्धित रहन्छ । तसर्थ, सेवाप्रवाह नागरिक केन्द्रित रहनुपर्नेमा सबै लोकतान्त्रिक देश सर्वसम्मत देखिएका छन् ।

सार्वजनिक सेवालाई सरल, सहज र गुणस्तरीय बनाउने परिवेशमा आएको परिवर्तनलाई सहजताका साथ समयसापेक्ष सुधार गर्दै जाने प्रकारले स्थायी संयन्त्रको निर्माण गरी सेवाप्रवाहलाई निरन्तरता दिनुपर्ने मान्यता नयाँ सार्वजनिक सेवाले आत्मसात् गरेको छ । नयाँ सार्वजनिक सेवा निरपेक्ष रूपमा नयाँ अवधारणाका रूपमा प्रतिपादित भएको नभई यो नयाँ सार्वजनिक व्यवस्थापनका कमीकमजोरीलाई पहिचान गरी त्यसमा सुधार गर्ने वा उपचार गर्ने सोचका साथ प्रयोगमा आएको नयाँ अवाधारणा हो । लामो समयदेखि सरकारको अवधारणामा नै परिवर्तन (रिइनभेन्टिङ गभर्नमेन्ट)लाई परिमार्जन गर्ने सोचका साथ विद्वानले गरेको योगदानलाई ग्रहण गरिनुपर्छ । यसको गन्तव्य नयाँ सार्वजनिक व्यवस्थापनका विकृतिलाई उपचार गर्दै समयसापेक्ष सुधार गर्नु हो । यसका कमजोरीको पहिचान नगरी नयाँ सार्वजनिक व्यवस्थापनको आधिपत्यको निरन्तरतालाई सच्याई पूर्णरूपमा लोकतान्त्रिक बहुलवाद, मूल्य र मान्यताका आधारमा जनतालाई गुणस्तरयुक्त सेवा प्रदान गर्नु हो । यस अर्थमा नयाँ सार्वजनिक सेवाप्रवाहका अवधारणा इमानदारिताका साथ कार्यान्वयनमा लैजानु नै सार्वजनिक संयन्त्रमा जनताको पक्षमा उपस्थिति दिनु हो । यसको प्रभावकारितालाई उच्च सम्मान गर्नुपर्छ । राजधानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

वित्तीय अधिकारको अभावमा संघीयता असफल : श्यामप्रसाद मैनाली

लोकतन्त्र र सुशासन हदैसम्मको उपहास ! – श्यामप्रसाद मैनाली

हुलाकी राजमार्ग : मधेश रूपान्तरणको आशा – कृष्ण खनाल

राष्ट्रिय स्वार्थबाट विमुख नेपाली राजनीति : श्यामप्रसाद मैनाली

हस्तक्षेपमुक्त लोकपालको खाँचो : मल्ल के. सुन्दर

एसडी मुनीले देखेको नेपाली राजनीति र हाम्रो निरीह पात्रहरु : युवराज घिमिरे

मेलम्चीको अन्त्यहीन दोहन : गौरीबहादुर कार्की

सोमालिया बन्दै त छैन नेपाल ? : श्यामप्रसाद मैनाली

एकीकरणदेखि सांस्कृतिक वैभवसम्म : डा. प्रेमसिंह बस्न्यात

धर्मको राजनीति : फुटाउ र राज गर ! – इन्द्र अधिकारी

लोकतन्त्रको रक्षार्थ संविधान पुनरावलोकन जरुरी : श्यामप्रसाद मैनाली

द्रुत वृद्धिमा छिमेक, टाक्सिँदो नेपाल : अच्युत वाग्ले