सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर फाइदाको लागि गरिने राजनीतिले कसैलाई राम्रो गर्दैन।- अर्जुननरसिंह केसी (अन्तवार्ता)

२०७९ फागुण २९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अहिले ९ दलको गठबन्धनबाट राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित हुनुभयो। अब यो गठबन्धन के हुन्छ ? 

पछिल्लो पटकको यो गठबन्धन जसरी निर्माण भएको छ। यसलाई सशक्त रूपबाट संयोजन गर्दै अगाडि बढ्नुपर्छ। राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर फाइदाको लागि गरिने राजनीतिले कसैलाई पनि राम्रो गर्दैन। यसले निरन्तर देशलाई अस्थिरतातर्फ लगिरहेको छ।

देशको समस्या एकातिर छ। हाम्रो यात्रा, संघर्ष र शक्ति सत्ता प्राप्तिमा मात्र सीमित छ। शक्ति सन्तुलनका निम्ति भए पनि अहिले राष्ट्रपति कांग्रेसबाट हुन जरुरी थियो। संविधानको रक्षा गर्न र संवैधानिक व्यवस्थालाई व्यवहारिक विधिअनुकूल स्थापना गर्न एकै ठाउँमा शक्ति केन्द्रित हुँदा असन्तुलित हुने र मनपरि तन्त्रको खतरा हुन्छ। अब त्यो स्थिति रहेन। सभामुख, प्रधानमन्त्री र राष्ट्रपति हुँदा खास गरेर सभामुख र राष्ट्रपति अलग पार्टीबाट हुँदा त्यसले संवैधानिक व्याख्या र संवैधानिक व्यवस्थापनको रक्षाको लागि उपयुक्त थियो। त्यसैका लागि कांग्रेसले राष्ट्रपति दाबी गरेको हो।

अहिले कांग्रेसले जितेको भन्दा पनि सबै पक्षलाई समेट्नका निम्ति पनि हामीलाई अवसर आएको हो। अहिले देशको अप्ठ्यारो परिस्थितिमा छ। एकातिर अन्तर्राष्ट्रिय परिवेश शक्ति केन्द्रको द्वन्द्व हाम्रै भू–भागमा केन्द्रित छ। अर्कोतिर क्षेत्रीय राजनीतिमा पनि देखिएका विवाद छन्। यसलाई सन्तुलन रूपबाट राष्ट्रिय स्वार्थ संरक्षण गर्दै अगाडि बढ्न पनि सबै दलहरूको बीचमा कमसेकम परराष्ट्र नीतिको सन्दर्भमा विदेश नीतिको विषयमा सहमतिपूर्ण वातावरण सिर्जना होस्। अन्यथा सत्ता प्राप्तिको बेला एउटा सत्ता प्राप्त गरिसकेपछि अर्कोतिर हुने खालको अवस्था अन्त्य होस्। विदेश नीतिमा सहमति र सन्तुलन होस्।

राष्ट्रिय विकास, सुरक्षा र जनताको सर्वोत्तम हितभन्दा बाहिर सोच्न सकिँदैन। त्यसैले यसमा सहमतिको वातावरण सिर्जना हुन सकोस् भन्ने हो। अर्कोतिर देशको अर्थतन्त्र निराशातर्फ मोडिएको छ। यसलाई समाधान गर्न सकिएन भने श्रीलंकाबाट पाकिस्तान हुँदै जुन नेपाल तर्फ मोडिएको छ। त्यसलाई रोक्न पनि अहिले राष्ट्रपति निर्माण गर्ने बेला एकसाथ भएका दल एकै ठाउँमा बस्नैपर्छ। तिनीहरूलाई व्यवस्थापन गर्नैपर्छ। त्योबाहेक प्रतिपक्षलाई समेटेर पनि अगाडि जानुपर्छ र यो गठबन्धन नै लामो समय टिक्छ।

अब उपराष्ट्रपतिको विषयमा गठबन्धनले सहमति जनाएको जसपालाई नै सहयोग हुन्छ या केहुन्छ ? 

९ दलको बीचमा जे सहमति भएर राष्ट्रपति निर्वाचनमा सँगै हिँडियो उपराष्ट्रपतिको हकमा पनि यसअघि सहमति भए अनुरुप नै हुन्छ। राजनीतिक दलहरूको बीचमा जुन गठबन्धन भएको छ। तदनुरुप हुनुपर्छ भन्ने कुरा हो।

यसअघिको राष्ट्रपति अलिक पार्टी प्रेमी हुनुभयो भन्ने आरोप पनि सुनिए। अहिले निर्वाचित राष्ट्रपतिबाट पनि कतै त्यस्तै खालका व्यवहार त हुने हैनन् ? 

रामचन्द्रजी मेरा बालसखा पनि हुनुहुन्छ। हाम्रो राजनीति यात्रा धेरै लामो छ। म उहाँलाई धेरै राम्रोसँग चिन्छु। हुन त मान्छेका अनेक स्वरूप हुन्छन्। मलामी जाँदा मलामी र बिहेमा जाँदा जन्ती हुन्छ। त्यसैले रामचन्द्रजी कांग्रेसका हामीले गरेका निर्णयहरूसँग प्रतिवद्ध हुनुहुन्थ्यो। उहाँ संविधानको रक्षकका रूपमा संविधानका धारा–उपधारा दफा–उपदफालाई केलाएर त्यसको रक्षाका निम्ति उहाँले संविधानले दिएका सीमा छन्। ती सीमाभित्र बसेर कुन दल कुन पक्ष नभनी संविधानको रक्षकको रूपमा काम गर्नुपर्छ। एउटा कञ्चन, खारिएको र लामो राजनीतिक यात्राबाट आएको व्यक्तिको नाताले उहाँले त्यसलाई पालना गर्नुहुन्छ भन्ने विश्वास छ।

राष्ट्रपतिको प्रोटोकलको कुरा खुब विवादमा पर्छ नि ! यसमा उहाँबाट केही सुधारको अपेक्षा गर्न सकिन्छ ? 

जनताको राष्ट्रपति जनता जस्तै गरेर सामान्य सुरक्षामा हिँड्ने व्यवस्था रामचन्द्रजीले तत्कालै सुरु गर्नुपर्छ। यो कुरा म उहाँलाई भेटेर पनि भन्ने मनस्थितिमा छु। तपाईंमार्पmत पनि सुझाव दिएँ मैले। उहाँबाट निष्पक्ष, पारदर्शी र तटस्थ रूपबाटै व्यवहार हुन्छ भन्ने कुरामा म उहाँसँग अत्यन्तै निकट भएर लामो यात्रामा सँगै काम गरेको नाताले म एकदमै विश्वस्त छु। राष्ट्रपतिको विषयमा कांग्रेस एउटै खम्बा भएर उभियो। एक ठाउँमै उभिँदा त प्रभावशाली नतिजा आउने रैछ नि।

कांग्रेसभित्र यति बिध्न गुटको खिचातानिमा नि लडाइँ हुन्छ ? 

कांग्रेस सधैं एकजुटको पक्षमा नै छ। तर, जतिसुकै एकजुट भए पनि गलतलाई ठीक भन्न सकिन्न। यो यात्रामा धेरै संघर्ष गरेर आइयो। संघर्षको दौडानमा मबाट को खुसी र को दुःखी हुन्छ भन्ने कुरातिर ध्यान दिने होइन। पार्टीलाई संस्थागत विधि र प्रक्रियागत ढंगबाट चलाउन निरन्तर हाम्रो आग्रह हो। पार्टीभित्र वाद, प्रतिवाद, सहमति र असहमति सबै हुन्छ। यही द्वन्द्वबाट निस्कने कुरा नै निष्कर्ष हो। त्यसैले हामीले लोकतन्त्र प्राप्तिका लागि शासन गरेको हो न कि कुनै व्यक्तिको शासनका निम्ति । अर्थात् विधिको शासनका लागि लडेका हौं। देश पनि विधि र पार्टी पनि विधिबाट चल्नुपर्छ। त्यो कुरा जतिबेला अनादर हुन्छ त्यतिबेला विद्रोह भइहाल्छ। अहिलेको परिस्थितिमा पार्टीभित्रै सहमतिको वातावरण खोज्न सबै साथीहरूको पहल हो। यसैको नतिजा हामीले पाएका छौं।

भनेपछि अहिले राष्ट्रपति पदमा सही व्यक्ति पुगेको भन्न सकिन्छ ? 

एकदमै उपयुक्त पात्र हो। यो कुरामा कुनै द्विविधा छैन। सत्ता पक्ष, प्रतिपक्ष र सारा जनताले चाहेको र मन पराएको पात्र पुग्नुभएको छ। जनताको आशा र भरोसाको प्रतिनिधि पात्र हो।

तपाईं उहाँलाई के भन्नुहुन्छ ? 

राष्ट्रपति संवैधानिक पद हो। कार्यकारी हैन। तर, यसअघि यसलाई कुनै न कुनै ढंगबाट प्रयोग गर्न खोजियो। रामचन्द्रजी यसबाट मुक्त हुनुपर्छ। उहाँ संविधानको अक्षर र भावनाको प्रतिनिधि हो। जुन खालको राजसी ढाँट पहिलादेखि रहिरह्यो। त्यसलाई सरलीकरण गर्ने काम तत्कालै गर्नुपर्छ। उहाँले गर्नु पनि हुन्छ। उहाँ अति साधारण र सहज राजनीतिज्ञ हो। १४-१५ वर्षको उमेरदेखि आजसम्म आइपुग्दा अहिलेसम्म जनताको प्रतिनिधि भएर जनताका सुख–दुःखसँग अति निकट रहेको मान्छे हो। अब राष्ट्रपतिको रूपबाट पनि जनतालाई आभाष हुने काम गर्नुहुन्छ भन्ने मलाई विश्वास छ। अन्नपूर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मैले विश्वविद्यालयलाई घात गर्नुभन्दा हामीले बाटो छोडिदिने हो – त्रिवि उपकुलपति, धर्मकान्त बाँस्कोटा (अन्तवार्ता)

राष्ट्रपतिका लागि प्रधानमन्त्री र ओलीबीचमा सहमति हुने अवस्था देखिएको छः सचिव आचार्य (अन्तवार्ता)

‘बिजुली मात्रै होइन, नेपालबाट बंगलादेश पस्ने सबै ढोका भारतले खोलिदिनुपर्छ’ : प्रा. महेन्द्र पी. लामा (अन्तवार्ता)

नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ: डा. सुन्दुक रुइत [अन्तर्वार्ता]

बागमती प्रदेश सरकारको नेतृत्व फेरबदल हुँदैन । – आन्तरिक मामिला तथा कानुनमन्त्री, गङ्गानारायण श्रेष्ठ (अन्तवार्ता)

‘संविधान संरक्षणको भूमिकामा दायाँबायाँ हुन्न’ – नवनिर्वाचित राष्ट्रपति, रामचन्द्र पौडेल (अन्तवार्ता)

‘ओलीको अहंकार र दम्भकै कारण सातदलीय गठबन्धन भत्किएको हो ।’ – धनराज गुरुङ (अन्तवार्ता)

संविधान र लोकतन्त्रको रक्षा नै मेरो पहिलो कर्तव्य हुन्छ – रामचन्द्र पौडेल (अन्तवार्ता)

संघीय संसद्देखि प्रदेश सांसदहरूले मलाई सहयोग गर्छौं भन्नुभएको छ । – एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ (अन्तवार्ता)

गठबन्धन बन्ने र भत्किने खेलले देशको राजनीति चरम अस्थिरतातिर – श्याम श्रेष्ठ (अन्तवार्ता)

‘अपमानित भएर सरकारमा रहिरहनु सम्भव भएन’ – विष्णु पौडेल (अन्तवार्ता)

अन्तिम समयमा यसरी भ्रमण रोक्नु एक प्रकारको अपमान हो ।- परराष्ट्रमन्त्री, विमला राई पौड्याल (अन्तवार्ता)

%d bloggers like this: