सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बहराइनका समकक्षी मुसलामसँग सभामुख घिमिरेकाे शिष्टाचार भेटवार्ता

२०७९ फागुण २९, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बहराइनका सभामुख अहमद बिन सलमान अल मुसलामसँग शिष्टाचार भेटवार्ता गरेका छन् । अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६ औं महासभामा भाग लिन मनामामा रहेका सभामुख घिमिरेले बहराइनका सभामुख मुसलामसँग भेट गरेका हुन् ।

सभामुख घिमिरेले आईपीयुको १४६ औं महासभा सफलतापूर्वक सञ्चालन गरेकोमा बहराइनको संसद्, बहराइन सरकार र सभामुखलाई धन्यवाद दिए । उनले नेपाली नागरिकलाई विभिन्न पेशामा रोजगारी प्रदान गरेकोमा बहराइन सरकारलाई धन्यवाद व्यक्त गरे ।

‘आशा छ, आगामी दिनमा बहराइनले सूचना प्रविधि र मेडिकल क्षेत्रका दक्ष नागरिकलाई पनि रोजगारको व्यवस्था गर्नेछ,’ उनकाे भनाइ थियो ।सभामुख घिमिरेले नेपाल–बहराइन सिधा उडान हवाइ उडान स्थापित गर्न, नेपालमा जलविद्युत् लगायतका क्षेत्रमा लगानी गर्न र बहराइनको दूतावास काठमाडौंमा खोल्ने वातावरण बनाउन ध्यानाकर्षण गराए ।

सभामुख घिमिरेले नेपालका आँखाका डाक्टर सन्दुक रुइतलाई हालै बहराइन सरकारले १० लाख अमेरिकी डलरको इशा अवार्ड प्रदान गरेकोमा पनि धन्यवाद दिए ।  जवाफमा बहराइनका सभामुख मुसलामले आफ्नो मुलुकमा नेपालीहरुले इमान्दारितापूर्वक काम गरेकोमा खुसी व्यक्त गरेका थिए । उनले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन उच्चस्तरीय भ्रमण लगायतका क्रियाकलापमा जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् एजेन्डा

लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

चित्रबहादुरले भने- जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ

दुई महिनामै विश्वासको मत लिने स्थितिमा बन्नु खुसीको कुरा होइन: सिके राउत

प्रचण्ड खुला किताब हुन सबैले मतदान गरौं: प्रदीप यादव

प्रधानमन्त्री प्रचण्डले ओलीलाई भने- संसद विघटन गर्वको विषय होइन

सत्य निरुपण तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन विधेयक संसदमा पेस

कृषि क्षेत्रको अनुदान कटौतीप्रति सांसदले गराए ध्यानाकर्षण

सभामुख घिमिरेसँग बेलायती सांसदको भेट

सभामुखको अभिव्यक्तिबारे प्रेम सुवालको आपत्ति, महाकाली मिचिएको विरोध गर्दैनौँ भने संसदको काम के ?

प्रतिनिधिसभा बैठक : सांसदले गराए खेलदेखि स्ववियु निर्वाचनसम्मको विषयमा ध्यानाकर्षण

यस्तो छ आइतबारको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

%d bloggers like this: