सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

साहित्यिक कृति सम्पादक चार जना पुरस्कृत

२०७९ चैत्र २, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः यतिबेला ५०औं वार्षिकोत्सव (स्वर्ण महोत्सव) मनाइरहेको साहित्यिक पत्रकार संघले बुधबार काठमाडौंमा एक समारोहबीच चार जना पुस्तक सम्पादक (कपी एडिटर)लाई सम्मानित तथा पुरस्कृत गरेको छ ।

कार्यक्रममा संघबाट पुस्तक सम्पादकमा प्राडा लक्ष्मणप्रसाद गौतम र विमल भौकाजी सम्मानित र पुस्तक सम्पादक पारसप्रकाश नेपाल एवं रोयल आचार्य पुरस्कृत भएका छन् ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राई, संघका अध्यक्ष राधेश्याम लेकालीलगायतले उनीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरे । दुई दशकदेखि साहित्यिक कृति सम्पादन गरेका पारसप्रकाश नेपालले १ सयभन्दा बढी कृतिको सम्पादन गरेकाले उनलाई ११ हजार १ सय रुपैयाँसहितको ‘सापस स्वर्ण महोत्सव सम्पादन पुरस्कार–२०७९’ प्रदान गरेको अध्यक्ष लेकालीले बताए ।

यस्तै, एक दशकदेखि दर्जन बढी पुस्तक सम्पादन गरेका कपी एडिटर रोयल आचार्यलाई युवा पुस्ताबाट चयन गरेर ५ हजार ५ सय रुपैयाँसहित ‘सापस स्वर्ण महोत्सव सम्पादन युवा पुरस्कार–२०७९’बाट पुरस्कृत गरिएको पनि अध्यक्ष लेकालीले कार्यक्रममा बताए ।

यस्तै, करिब १÷१ सय कृति सम्पादन गरिसकेका कपी एडिटरद्वय प्राडा लक्ष्मणप्रसाद गौतम र विमल भौकाजीलाई ‘सापस स्वर्ण महोत्सव सम्पादन विशिष्ट सम्मान–२०७९’बाट सम्मानित गरियो ।

उपकुलपति शम्भु राईले कार्यक्रममा बोल्दै कृति सम्पादक जहिले पनि छायामा पर्ने हुँदा उनीहरूको योगदान खोजेर सम्मानित तथा पुरस्कृत गर्नु संघको प्रशंसनीय कार्य भएको बताए । नेपाली कृतिलाई राम्रो बनाउन कृति सम्पादकको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो ।

सम्मानित व्यक्ति गौतम र भौकाजीले सम्पादकले पुस्तकलाई पूर्णता दिने भए पनि उनीहरूको नामसमेत राख्न लेखकहरूले कन्जुस्याइँ गर्दै आएको बताए । पुरस्कृत कपी एडिटरद्वय नेपाल र आचार्यले सम्पादन क्षेत्रमा आफुहरूको योगदान तथा भोगाइ’bout कार्यक्रममा चर्चा गरे ।

कार्यक्रममा साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष विश्व विमोहन श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, की कोषाध्यक्ष पद्यमावति सिंह, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनलगायतले सम्मानित र पुरस्कृत स्रष्टाको योगदानको चर्चा गर्दै संघले साहित्यिक पत्रकारका लागि राम्रा काम गर्दै आएको बताउँदै स्वर्ण महोत्सवभरि अरू पनि थुप्रै कार्यक्रम गर्ने’बारे जानकारी गराए । राजधानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

रामेश युद्धप्रसाद मिश्र स्मृति सम्मानबाट सम्मानित

प्रधानको ‘नदेखिने आँसुमा डुबुल्की’ सार्वजनिक

‘आधा शिर उचालेर’ कविता सङ्ग्रह माथि विमर्श

धनगढीमा विश्व नेपाली नारी साहित्य सम्मेलन हुँदै

समावेशी म्युजिक अवार्डबाट गीतकार सुवेदीसहित ४२ जना पुरस्कृत

दुई स्रष्टा र एक विद्यालय पुरस्कृत

साहित्यिक पत्रकार संघको पुरस्कार चार जना सम्पादकलाई

कथाकार रावलको ‘खाटा बसेको घाउ’ लोकापर्ण, श्रेष्ठलाई मिलाप सम्मान

टर्किस लेखक थम्पिनारको उपन्यास ‘अ माइन्ड एट पिस’ को नेपाली संस्करण प्रकाशित

युवा कवि किशमा किशाेरलाई प्रगति साहित्य सम्मान

कक्षा ३ की आश्विनीको किताब ‘पिरामिडमा पाण्डा’, ललितकलामा चित्रकला प्रदर्शनी

बुद्ध एयरद्वारा महिला लेखकका ३५ सय पुस्तक यात्रुलाई उपहार

%d bloggers like this: