सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

खेलाडीलाई हौसला दिन प्रधानमन्त्री त्रिवि क्रिकेट मैदानमा (फोटो फिचर)

२०७९ चैत्र २, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपाल र पाहुना टोली यूएईबीच भइरहेको हो ।

लिगको अन्तिम खेल भएकाले खेलाडीलाई हौसला दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड क्रिकेट मैदानमा पुगेका छन् । उनीसँगै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितका विशिष्ट व्यक्ति पनि खेल हेर्न क्रिकेट मैदानमा पुगेका हुन् ।

टस जितेर ब्याटिङ गरेको यूएईले २६.३ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १२८ रन जोडेको छ ।

उक्त खेल हेर्न दर्शक भरिभराउ छन् । लिग–२ को अन्तिम श्रृंखलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ। आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोटमा पुग्नेछ।

यूएईसँग हारेमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपाल पराजित भएमा नामिबिया सोझै विश्व कप छनोटमा पुग्नेछ।

नेपाल र यूएईबीच अहिलेसम्म १२ एकदिवसीय खेल भएको छ। जसमा समान छ खेलमा जित र हार छ। नेपालले पछिल्ला दुवै खेलमा यूएईलाई हराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

वैदेशिक रोजगारीमा रहेकाको सामाजिक सुरक्षा योजना सुरू (फोटो फिचर)

टुडिखेलमा घोडेजात्राको रौनक (फोटोफिचर)

उपराष्ट्रपतिलाई राष्ट्रपतिको बधाई

तस्बिर पद्मकन्या क्याम्पसको स्ववियु निर्वाचन

नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी (फोटो फिचर)

प्रदेश प्रमुखहरुले भेटे प्रधानमन्त्रीलाई (फोटो फिचर)

लघुवित्त संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

तस्बिरमा राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण

निर्माण व्यवसायी महासंघको साधारणसभा सुरू (फाेटाे फिचर)

राष्ट्रपति निर्वाचनमा शिर्ष नेताले मत हाले, यस्तो छ निर्वाचनको रौनक (फोटो फिचर)

राष्ट्रपतिको मतदान जारी, मतदानस्थलमा पौडेल र नेम्वाङ (फोटोफिचर)

काठमाडौंको वसन्तपुरमा फागुपूर्णिमाको उमंग (फोटो फिचर)

%d bloggers like this: