सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

काठमाडौँबाट ६ लाख भन्दा बढी नक्कली नोटसहित दुई जना पक्राउ

२०७९ चैत्र २, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः काठमाडौँबाट ६ लाख भन्दा बढी नक्कली नेपाली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कालोपुल एरियाबाट रामेछाप खाँडा देवी घर भई काठमाडौँको मकलबारी बस्ने छिरिङ लामा र दोलखाको भीमेश्वरका घर भई सतुङगल बस्ने सुरेन्द्र कार्कीलाई पक्राउ गरेको हो।

उनीहरुले नेपाली खोटा मुद्रा चलन चल्तीमा ल्याउन लागेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी छापा मार्न पुगेको थियो ।
सोहीअनुसार बुधबार साँझ उनीहरुको साथबाट रु १००० दरको नेपाली नोट  ६३६ थान (रु ६,३६,०००) बरामद भएको प्रहरीले जनाएको छ ।  यस्तै नोटको साईजमा काटेको कागजको बण्डल ९ थान पनि बरामद भएको कार्यालयका सूचना अधिकारी सोमेन्द्र सिंह राठौरले जानकारी दिएका छन ।
उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ को मुद्रा सम्बन्धी कसुरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

लागुऔषधसहित ९ जना पक्राउ

लागूऔषधसहित पोखराबाट एक युवक पक्राउ

दाङबाट जनावरको सुकुटीसहित एक जना पक्राउ

पोखरामा ६२१ एम्पुल लागूऔषधसहित एकजना पक्राउ

सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

आठमहिनामा पाँच लाख ६१ हजार सवारीसाधन कारबाहीमा

महोत्तरीमा भन्सार छलीमा व्यापारी नै सक्रिय

भन्सार छली ल्याइएको लत्ताकपडा तथा खाद्यान्न बरामद

ई–रिक्सामा लागूऔषध तस्करी

गाँजा र हेरोइनसहित ३ जना पक्राउ

सर्लाहीमा चार किलोग्राम गाँजासहित एक भारतीय पक्राउ

%d bloggers like this: