सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

‘श्रीपशुपति हिन्दु विश्वविद्यालय’ स्थापना गरिने

२०७९ चैत्र ३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले हिन्दु धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दु विश्वविद्यालय’ स्थापना गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तरको निर्णय) ले हिन्दु धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेको हो । पर्यटनमन्त्री सुदन किराँतीले सो विश्वविद्यालयका माध्यमबाट हिन्दु धर्मसम्बन्धी विश्वभर विज्ञहरू उत्पादन गर्ने र सांस्कृतिक कूटनीतिक विकास गर्ने उद्देश्यले विश्वविद्यालयको अवधारणा अघि बढाइएको बताउनुभयो ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आधुनिक नेपालको सभ्यताको सुरुआत नेपालबाटै भएकाले यहाँको सभ्यता, सम्पदा, संस्कृति र दर्शनलाई पाशुपत दर्शनभित्र समेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हिन्दु विश्वविद्यालय राष्ट्रको आवश्यकता हो, आधुनिक सभ्यताको सुरुआत नेपालबाटै भएको पाइन्छ, नेपाली धर्म संस्कृति, मूल्यमान्यतालाई देश तथा विदेशमाझ प्रवर्द्धन गर्न यो अभियालनले मद्दत पुग्नेछ ।”

मन्त्री किराँतीले विश्वविद्यालय स्थापनाबाट विश्वभर कूटनीतिक बौद्धिक व्यक्तित्व निर्माणका साथै सांस्कृतिक कूटनीतिको विकास हुने र यसले पर्यटनको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले ‘ड्रिम प्रोजेक्ट’का रूपमा विश्वविद्यालय स्थापना गर्न लागिएको बताउनुभयो । उहाँले हिन्दु धर्मबारे खोज तथा अध्ययन गरी बौद्धिक अध्यात्मक चिन्तनको संस्थागत विकास गर्ने लक्ष्यका साथ विश्वविद्यालय निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

उक्त विश्वविद्यालय स्थापनाबाट नेपाली संस्कृति र दर्शनलाई नेपाली माटोको सुगन्धसहित अध्ययन, अध्यापन हुनुका साथै शैक्षिक, धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवर्द्धन गर्ने हुने विश्वास लिइएको छ ।

फागुन १५ को मन्त्रीस्तरीय निर्णयबाट पशुपति क्षेत्र परिसरमा सो विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनसहित अवधारणापत्र तयार गर्न संस्कृतिविद् डा जगमान गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिको सदस्यमा प्रा डा रामचन्द्र गौतम, प्रा चेतोनाथ गौतम, कमल ढकाल र सदस्यसचिवमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा रहनुभएको छ ।

समितिका संयोजक डा गुरुङले पूर्वीय दर्शन सम्भाव्यता र संस्कृतिको नेपालमुखी अध्ययनका लागि विश्वविद्यालय निर्माणको प्रक्रिया अघि बढाइएको बताउनुभयो । मानवीय जीवन पद्धति र यसका विविध आयामलाई पशुपति हिन्दु विश्वविद्यालयले प्रमुख विषय बनाउनुपर्छ भन्ने मान्यता राखेर अभियान सुरु गरिएको कोषका कार्यकारी निर्देशक खतिवडाले बताउनुभयो ।

कोषको प्रस्तावित गुरुयोजनाअनुरूप सो विश्वविद्यालयको प्रक्रिया सुरु गरिएको उहाँले उल्लेख गर्नुभयो । समितिले विश्वविद्यालयको सम्भाव्यता अध्ययन गरी एक महिनाभित्र मन्त्रालयलाई प्रतिवेदन पेस गर्नेछ । प्रतिवेदनअनुरूप विज्ञ तथा सरोकारवालासँग आगामी वैशाखभर छलफल गरेर विश्वविद्यालय निर्माण प्रक्रिया अगाडि बढाइने जनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चैत्र नवरात्र सुरु, बागलुङ कालिकामा विशेष पूजा

आजबाट नयाँ संवत्सर सुरू, नेतृत्वको अपरिपक्व निर्णयले जनताले समस्या झेल्नुपर्ने

पशुपति क्षेत्रमा बज्रेश्वरी जात्रा सम्पन्न, वत्सलेश्वरी र आकाश भैरवको जात्रा सुरु

गहना खोज्ने जात्राका लागि बूढानीलकण्ठदेखि शङ्खमूलसम्मका स्थानीयलाई निमन्त्रणा

पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

स्वीकृति नलिने पात्रो र भित्ते पात्रोलाई एक लाखसम्म जरिवाना गरिने

पशुपति क्षेत्रमा वत्सलेश्वरी, बज्रेश्वरी जात्रा सुरु

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने

लुम्बिनीमा एकै दिन पाँच सय भिक्षु बने

लमजुङ दरबारको पुनर्निर्माण गरिँदै

ब्याजदरबिरुद्धको आन्दोलनः उद्योग बाणिज्य महासंघले फिर्ता लिएपनि ब्यावसायीले नरोक्ने

बुटवलमा धार्मिक सद्भाव कायम राख्न सबै एकजुट हुने प्रतिबद्धता

%d bloggers like this: