सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

आईफोन १५ प्रो अहिलेसम्मकै महँगो हुने

२०७९ चैत्र ३, शुक्रबार

काठमाण्डौः  सन् २०२३ मा सार्वजनिक हुने आईफोन १५ सिरिज अन्तर्गत प्राे माेडेलका फोनको मूल्य अहिलेसम्मकै धेरै महँगाे हुने भएको छ ।

प्रविधि विश्लेषक जेफ पुले म्याक र्‍युमर्समा सार्वजनिक गरेको रिपोर्टअनुसार अहिलेको बजार मूल्यभन्दा आईफोन १५ प्रो सिरिजका फाेनकाे मूल्य धेरै महँगो हुनेछ । सामान्य र प्रो मोडेलका फोनहरूमा भिन्नता ल्याउन हार्डवेयर र सफ्टवेयरमा धेरै कुरा परिमार्जन हुन लागेका कारण मूल्यवृद्धि गर्ने तयारी गरिएकाे उनले उल्लेख गरेका छन् ।

बाहिरिएकाे रिपाेर्टअनुसार प्रो सिरिजका फोनमा टाइटानियम फ्रेम हुनेछ । त्यस्तै नयाँ ए१७ बायोनिक चिपसेट र सोलिड स्टेट बटनहरू हुनेछन् । आईफोन १४ ले बजार तान्न नसकेपछि एप्पलले आउँदो सिरिजमा धेरै अपग्रेड गर्ने अपेक्षा गरिएको छ ।

सामान्यतः अहिले एप्पलको प्रो सिरिजिकाे मूल्य ९९९ अमेरिकी डलरबाट सुरू हुने गर्छ । यद्यपि देशअनुसार फोनको मूल्य तलमाथि हुने गर्छ । यसअघि सन् २०१७ मा एप्पलको प्रो सिरिज अन्तर्गत आईफोन एक्सको मूल्य बढ्ने हल्ला फैलिएपछि यसपटक पुन: मूल्यबारे आशङ्का हुन थालेकाे छ ।

तर यसबारे एप्पलले भने केही जानकारी खुलाएकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पश्चिमी मुलुकहरुमा प्रतिबन्धको प्रभाव: टिकटकले ल्यायो ८ नयाँ नियम

स्मार्टफोन चार्ज गर्दा ध्यान दिनुहोस् यी ५ कुरा

जथाभावी वेबसाइटमा व्यक्तिगत ईमेल प्रयोग गर्ने बानी छ ? बन्द गर्नुहोस्

फेसबुकको मातृ कम्पनी मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्ने

कसरी प्रयोग गर्ने गूगल फोटोजको म्याजिक इरेजर फिचर ?

ह्वाट्सएपमा ओर्जिनल क्वालिटीमा यसरी पठाउनुहोस् फोटो तथा भिडियो

आगामी हप्ता च्याटजीपीटी फोर सार्वजनिक हुँदै, एआई भिडियो पनि बनाउन सकिने

सोसियल मिडिया फिल्म अवार्डका मनोनयन सार्वजनिक (सूचीसहित)

डोल्पाबाटै विद्युतीय राहदानी वितरण सुरु

टेलिकमले विन्टर अफर : १९९ रूपैयाँमा एक महिनाका लागि ४२० मिनेट भ्वाइस, ४२० एसएमएस र ४२०० एमबी डेटा

आइएमई पेमा नयाँ फिचर, उडान टिकट रद्द गर्दा ‘रिफन्ड’ पाइने

नउठाउनुहोस् यी ५ एरिया कोडबाट आएका फोनकल

%d bloggers like this: