सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लमजुङ दरबारको पुनर्निर्माण गरिँदै

२०७९ चैत्र ३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शाहवंशीय राजाहरूको उद्‍‌गमस्थलको रूपमा परिचित लमजुङ दरबारको पुनर्निर्माण धमाधम भइरहेको छ । पुरातात्विक विभागले जीर्ण अवस्थामा रहेको लमजुङ दरबारको पुननिमार्ण कार्य २ वर्षमा सक्ने लक्ष्यका साथ निर्माणकार्य सुरु गरेको हो ।

०७९ माघ २० गते कालीका मन्दिरमा क्षमा पूजा गरि दरबार भत्काइएको कालीका मन्दिरका पूजारी सोमराज बरालले वताए । उनका अनुुसार मन्दिरमा रहेका महेश्वर, विष्णु, ब्रह्म, महाकाली, महासरस्वती र महालक्ष्मी लगायतका देवी देवताको मूर्ति नयाँ भवनमा क्षमा पूजा गरि सारिएको छ ।

दरबारको पुनर्निमार्ण कार्य गरिदा पुरानै स्वरुपमा इँटा, ढुंगा, काठ, तामाको प्रयोग हुने बताइएको छ । दरवारको छाना तामाको हुनेछ ।
२०७२ सालको भुकम्पले चर्केको लमजुङ दरवारमा २ पटक चटयाङले थप जीर्णअवस्था पुगेको थियो । पानी चुहिने अवस्थामा जीर्ण रहेको दरबारको पुननिमार्णका लागी पुरातात्विक विभागका डा. जगमान गुरुङको टोलीले गत वर्ष अवलोकन समेत गरेका थिए ।

२ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ पुरानै स्वरुपमा निमार्ण गरिने दरबारको लागी यस वर्ष एक करोड १४ लाख रुपैयाको लागतमा एस के कन्स्ट्रक्सन भक्तपुरले दरवारको निमार्ण कार्य सुरु गरेको हो।  १५५० सालमा यशोब्रह शाहको पालामा निमार्ण गरिएको लमजुङ दरवार १८२० मा पुनर्निर्माण गरिएको  थियो ।

त्यसपश्चात १९९० को भुकम्प पश्चात १०९२ मा जीर्णोउद्धार गरिएको थियो ।’लमजुङ दरवार २०४६ सालमा पुनर्निमार्ण गरिएको हो । शाहवंशको शुरुवात लमजुङका यशोव्रह्म शाहको पालाबाट भएको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चैत्र नवरात्र सुरु, बागलुङ कालिकामा विशेष पूजा

आजबाट नयाँ संवत्सर सुरू, नेतृत्वको अपरिपक्व निर्णयले जनताले समस्या झेल्नुपर्ने

पशुपति क्षेत्रमा बज्रेश्वरी जात्रा सम्पन्न, वत्सलेश्वरी र आकाश भैरवको जात्रा सुरु

गहना खोज्ने जात्राका लागि बूढानीलकण्ठदेखि शङ्खमूलसम्मका स्थानीयलाई निमन्त्रणा

पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

स्वीकृति नलिने पात्रो र भित्ते पात्रोलाई एक लाखसम्म जरिवाना गरिने

पशुपति क्षेत्रमा वत्सलेश्वरी, बज्रेश्वरी जात्रा सुरु

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने

लुम्बिनीमा एकै दिन पाँच सय भिक्षु बने

‘श्रीपशुपति हिन्दु विश्वविद्यालय’ स्थापना गरिने

ब्याजदरबिरुद्धको आन्दोलनः उद्योग बाणिज्य महासंघले फिर्ता लिएपनि ब्यावसायीले नरोक्ने

बुटवलमा धार्मिक सद्भाव कायम राख्न सबै एकजुट हुने प्रतिबद्धता

%d bloggers like this: