सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सिमावर्ती क्षेत्रका १० प्रतिशत जनता भारतीय नुन प्रयोग गर्दै

२०७९ चैत्र ३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रचारप्रसार कमी, ढुवानीमा देखिएको समस्याको कारण सिमावर्ती क्षेत्रका १० प्रतिशत जनताहरु भारतमा निर्मित कमसल र आयोडिन नभएको नुन खान बाध्य छन् ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड शाखा कार्यालय जनकपुरका अनुसार आयोडिन नुनको प्रयोग गर्नेहरुको संख्या अत्यधिक भए पनि सिमावर्ती दुर्गम गाउँका करिब १० प्रतिशत बासिन्दाहरु सस्तोमा पाउने भारतीय नुन प्रयोग गर्ने गरेको छ ।

नेपालमा निर्मित दुई बालबालिका छाप भएको आयोडिन नुन प्रयोग गर्ने बारे व्यापक प्रचार प्रसार गरिए पनि सिमावर्ती दुर्गम गाउँमा डिलर नभएरका कारण त्यसभेगका करिब १० प्रतिशत नेपाली जनताहरु भारतीय नुन प्रयोग गर्ने गरेको शाखा प्रमुख शुभनारायण साहले बताए ।

आयोडिनको अभावमा गलगाठो, वामपुडके लगायतका विभिन्न प्रकारका शारिरिक रोग वारे जनतामा सचेतना जगाए पनि धनुषा र महोत्तरि जिल्लाका सिमावर्ती क्षेत्रका बासिन्दाहरु भारतीय नुनको प्रयोग गर्ने गरेको छ । कार्यालयले थोक विक्रेतालाई प्रति केजि १८ रुपैयाँ ५० पैसामा आयोडिन नुन उपलब्ध गराए पनि थोक विक्रेताहरु प्रति केजि २५ रुपैयाँ बेच्ने गरेकाले ग्रामिण क्षेत्रका कतिपय बासिन्दाले कमसल र सस्तोमा पाउने भारतीय नुन प्रयोग गर्न बाध्य भएका छन् ।

धनुषा, महोत्तरी र सिन्धुलीमा आयोडिन नुन बिक्री गर्ने ३८ वटा थोक विक्रेता भए पनि दुर्गम गाउँमा सो नुन पु¥याउँदा ढुवानी खर्च बढी लाग्ने गरेकाले सो नुन पु¥याउन नसकेकोले महंगो हुन गएको देखिन्छ । सिमावर्ती नेपाली गाउँमा आयोडिन नुनको थोक बिक्रेताको अभावको कारणले अहिले पनि त्यस भेगका जनताहरु ढिके नुनसमेत प्रयोग गर्ने गरेको देखिन्छ ।

सो कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ११ करोड ७२ लाख ९० हजार मूल्य बराबरको ६३ हजार ४०० क्विन्टल आयोडिन नुन बिक्री गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

भक्तपुर अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा

मर्स्याङ्दी गाउँपालिकामा पहिलोपटक ग्रामीण अल्ट्रसाउण्ड सेवा सुरू

आगलागीबाट जलेर घाइते भएका ४ जनालाई भारत लगियो

उपचाररत चन्द्र भण्डारीलाई ५६ लाख उपचार खर्च

पशुचौपायामा ‘लम्पी स्कीन’ को सङ्क्रमण

देशभर १८६१ जनाको परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि – २ जना सङ्क्रमण मुक्त

सेती प्रदेशिक अस्पतालले माग्य कर्मचारी

कुकुरलाई रेविजविरुद्ध खोप लगाउँँदै वैतेश्वर

आकस्मिक ब्लड प्रेसर बढ्यो, के गर्ने ?

डायबिटिज नियन्त्रणमा उपयोगी भिन्डि

थप २ जनामा कोरोना सङ्क्रमण पुष्टी, ४ जना निको

पुरुषमा यसकारण देखिन्छन् यौनजन्य समस्या

%d bloggers like this: