सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पत्रकार महासङ्घद्वारा राष्ट्रपतिलाई बधाई

२०७९ चैत्र ३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः नेपाल पत्रकार महासङ्घले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा पुगेर महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना दिएको हो ।

सो अवसरमा महासङ्घका अध्यक्ष विपुल पोख्रेलले यही चैत १७ गते लुम्बिनीमा हुने ‘मिडिया सम्मेलन’मा राष्ट्रपति पौडेललाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्नुभयो । भेटमा महासङ्घको प्रतिनिधिमण्डलले राष्ट्रपतिलाई पत्रकारको अवस्था र नेपाली पत्रकारजगतले भोग्दै आएका समस्याबारे जानकारी गराएको थियो ।

सो क्रममा राष्ट्रपति पौडेलले सही र सत्यतथ्य सूचना प्रवाहमा छाता सङ्गठनका रुपमा महासङ्घले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो । उहाँले सत्यतथ्य सूचना प्रवाहमा महासङ्घले नेतृत्वदायी भूमिका निर्वाह गरोस् भनी कामना गर्नुभयो ।

समाजमा भएका विकृति, विसङ्गतिप्रति पत्रकारजगत सचेत भएर कलम चलाइरहनुपर्नेमा उहाँको जोड थियो । “गतल सूचना प्रवाह हुँदा समस्या पैदा हुन सक्छ, त्यसप्रति पत्रकारजगत सचेत रहेर सही सूचना दिनुपर्छ”, उहाँले भन्नुभयो ।

महासङ्घका अध्यक्ष पोख्रेलले नेपाली पत्रकारको समस्या, अवस्थाका बारेमा राष्ट्रपति पौडेल जानकार भएको बताउनुभयो । भेटमा महासङ्घका महासचिव रोशन पुरीलगायत पदाधिकारी सहभागी हुनुहुन्थ्यो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा वनकालीमा वृक्षारोपण

गुणस्तरीय शिक्षाका लागि साझा प्रयत्न आवश्यक छ : राष्ट्रपति

अयोग्य लडाकुको राहतका लागि प्रक्रिया अघि बढ्दै

जैविक विविधताबाट समृद्ध मुलुक बनाउन सकिन्छ ः विज्ञ

नुवाकोटबाट भरूवा बन्दुकसहित एक जना पक्राउ

सगरमाथासहित चारवटा हिमालबाट फोहर संकलन गर्दै सेना

राष्ट्रपति पौडेलको प्रमुख आतिथ्यतामा टुँडिखेलमा घोडे जात्रा पर्व मनाइँदै

राष्ट्रपति पौडेलले दिए सांसदहरुलाई चियापानको निम्तो

समकक्षी पौडेललाई दिईन भारतीय राष्ट्रपतिले शुभकामना

शसस्त्रद्धारा ग्याँस सिलिण्डरबाट लागेको आगो निभाउने अभ्यास प्रदर्शन

उपराष्ट्रपति निर्वाचनको मतदान सम्पन्न

उपराष्ट्रपति निर्वाचन : शेरबहादुर देउवाले गरे मतदान

%d bloggers like this: