सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

लुम्बिनीमा एकै दिन पाँच सय भिक्षु बने

२०७९ चैत्र ३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः लुम्बिनीमा एकै दिन पाँच सय भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषको सह–आयोजनामा बिहीबार मायादेवी मन्दिर परिसरमा आयोजित धार्मिक कार्यक्रममा पाँच सयलाई कुलपुत्र प्रव्रज्या गरी अल्पकालीन भिक्षु बनाइएको हो ।

अखिल नेपाल भिक्षु महासङ्घका महास्थविर धम्म शोभन र धम्मकाय फाउण्डेशनका उपप्रमुख भिक्षु फरा पभनाले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गर्नुभयो । अल्पकालीन भिक्षुले पहेँलो चीवर लगाएर बुद्ध धर्मका एक सय नियम पालना गर्नुपर्नेछ ।

सामान्य अनुयायीले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्णरूपमा बौद्ध नियममा आफूलाई रुपान्तरण गर्नुपर्नेछ । चैत १७ गते अल्पकालीन भिक्षुको समय सकिनेछ ।

फागुन २७ गते काठमाडौँ र फागुन २८ गते लुम्बिनीमा गरी पाँच सय भिक्षुको केश मुण्डन गरिएको थियो । केश मुण्डन गरिए पनि बिहीबार मात्रै प्रव्रज्या गरी अल्पकालीन भिक्षुका रूपमा पहेँलो चीवर प्रदान गरिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो ।

चीवर प्रदान एवम् कुलपुत्र प्रव्रज्या कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले सबैले बुद्धको शिक्षा ग्रहण गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा अखिल नेपाल भिक्षु सङ्घका महास्थविर शोभनले बुद्ध शिक्षालाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो । कोरोना महामारीका कारण तीन वर्षसम्म प्रव्रज्या कार्यक्रम स्थगित भएको थियो । यसअघि सन् २०११ मा एक हजार, सन् २०१५ मा एक हजार एक सय १२ र सन् २०१९ मा एक हजार एक सय १९ जनालाई प्रव्रज्या गराइएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

चैत्र नवरात्र सुरु, बागलुङ कालिकामा विशेष पूजा

आजबाट नयाँ संवत्सर सुरू, नेतृत्वको अपरिपक्व निर्णयले जनताले समस्या झेल्नुपर्ने

पशुपति क्षेत्रमा बज्रेश्वरी जात्रा सम्पन्न, वत्सलेश्वरी र आकाश भैरवको जात्रा सुरु

गहना खोज्ने जात्राका लागि बूढानीलकण्ठदेखि शङ्खमूलसम्मका स्थानीयलाई निमन्त्रणा

पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात

स्वीकृति नलिने पात्रो र भित्ते पात्रोलाई एक लाखसम्म जरिवाना गरिने

पशुपति क्षेत्रमा वत्सलेश्वरी, बज्रेश्वरी जात्रा सुरु

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने

लमजुङ दरबारको पुनर्निर्माण गरिँदै

‘श्रीपशुपति हिन्दु विश्वविद्यालय’ स्थापना गरिने

ब्याजदरबिरुद्धको आन्दोलनः उद्योग बाणिज्य महासंघले फिर्ता लिएपनि ब्यावसायीले नरोक्ने

बुटवलमा धार्मिक सद्भाव कायम राख्न सबै एकजुट हुने प्रतिबद्धता

%d bloggers like this: