सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विद्युत व्यापार गर्ने बेला भएको छैन, उपभोग क्षमता बढाउनुपर्छ: ओली

२०७९ चैत्र ३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः एमाले अध्यक्ष केपी ओलीले नेपालले विद्युत व्यापार गर्ने बेला नभएको बताएका छन् ।

मुलुकभित्रै खपत गरेर, उत्पादनमूलक उद्योगको स्थापना गरेपछि मात्रै विद्युत् निर्यातको कुरा गर्न उपयुक्त हुने उनको धारणा छ । शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा ओलीले यस्तो बताएका हुन् । उनले ६ रुपैँया प्रतियुनिटमा विक्री गरेर त्यसको दोब्बर मूल्य १२ रुपैयाँमा खरिद गर्न नहुने समेत स्पष्ट पारे ।

भारतले आफ्नो बार्गेनिङ क्षमता माथि पार्नका लागि विद्युत आवश्यक नभएको गलत प्रचार गर्ने गरेको ओलीको दाबी छ । उनले भने, ‘अहिले विद्युतको हाहाकार छ । तर हाम्रो विद्युत सस्तोमा किन्नका लागि के भन्दिन्छ– हामी कहाँ त विद्युत आवश्यक्ताभन्दा बढि भइसक्यो । त्यसो भएपछि हाम्रो बार्गेनिङ क्षमता कमजोर हुने भयो । तपाईहरुलाई नचाहेको भएपनि किनि दिनोस् भन्नु प¥यो । त्यस्तो पनि हुन्छ कुरा । नचाहिएर कसैले किन्छ ?’

नेपालले आफ्नो उपभोग क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले विद्युत व्यापार गर्ने बेला आइनसकेको प्रष्ट पारे । ‘ऊर्जा व्यापार, ऊर्जा विक्री धेरै चिन्ताको विषय होइन । अहिले हाम्रो उपभोग क्षमता वृद्धिको आवश्यक्ता छ । त्यो बढाउनु पर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मधेशका सबै वडामा अर्गानिक मलको साना उद्योग सञ्चालन हुने

देशको आर्थिक अवस्थाबारे श्वेतपत्र जारी गर्न माग

सुनको मुल्य घट्यो,कतिमा हुदैछ कारोबार ?

मेरो माइक्रोफाइनान्सको सेयर आजबाट बिक्रीमा

मेन्छियाम हाइड्रोपावरको आइपीओमा आवेदन दिने आजअन्तिम दिन

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

अमेरिकी डलरको संगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?

आज नेप्से आज बन्द रहने

आज बैंक तथा वित्तिय संख्या खुल्लै रहने

व्यवसाय बन्द गर्ने होटल संघको चेतावनी

परिसूचकसँगै सेयर बजारका सबै उपसमूह बढे

सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो

%d bloggers like this: