सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पाँच किलो नुन ल्याउन अढाई हजार खर्च

२०७९ चैत्र ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कालिकोटको नरहरिनाथ गाउँपालिका-४ रुप्साका गणेश बुढा जिल्लाकै खाँडाचक्र नगरपालिका-१ मान्मस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालयमा नुन लिन आए ।

उनलाई कार्यालयले अहिले अभाव रहेको भन्दै जम्मा पाँच किलो नुन दियो । बुढालाई नरहरिनाथ गाउँपालिकाबाट मान्म बजारसम्म नुन लिन आउँदाजाँदा २ हजार रुपैयाँभन्दा बढी खर्च लाग्यो ।

नरहरिनाथ गाउँपालिकाबाट मान्म आउनजान दुई दिन लाग्छ । बुढाले नरहरिनाथ गाउँपालिकाबाट कर्णाली राजमार्गसम्म आउन ५ सय रुपैयाँ गाडी भाडा तिरे । त्यहाँबाट मान्मसम्म आउन थप ३ सय रुपैयाँ गाडी भाडा लाग्यो ।
‘मान्मसम्म आउँदा जाँदा मेरो करिब २ हजार ५ सय रुपैयाँ खर्च भयो,’ केही दिनअघि मान्ममा भेटिएका उनले भने, ‘पाँच किलो नुनको ४५ रुपैयाँ पर्छ ।

त्यही नुन ल्याउन अढाइ हजार रुपैयाँ खर्च भयो ।’ कालिकोटमा साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री गर्ने आयोडिनयुक्त एक किलो नुनको मूल्य नौ रुपैयाँ पर्छ । नागरिक दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रयोगमै नरहेका विषादीको परीक्षण

आन्तरिक कर्जा ३.९ र निक्षेप ५ प्रतिशतले बढ्यो

स्टार्ट अप विनाधितो कर्जा पाउने बाटो खुला

जुनसुकै व्यक्तिको फोन रेकर्ड गर्न सकिने कानुन ल्याउँदै

गठबन्धन दलहरुलाई सांसद संख्याका आधारमा मन्त्री

भागबन्डा पु-याउन प्रचण्डलाई सकस

मन्त्री छनोटमा कांग्रेसको प्राथमिकता प्रत्यक्षलाई

मलको अनुदान यथावत् राखिने

पशु बलि दिएर छावालाई तालिम

चिनियाँ जहाज बेच्न मूल्याङ्कनका लागि आयो टोली

रवि लामिछानेलाई उम्मेदवार बन्ने बाटो खुल्यो

८ लाख सेवाग्राही लाइसेन्सको पर्खाइमा

%d bloggers like this: