सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

थ्री स्टारमाथि जावलाखेलको जित, मच्छिन्द्र बराबरीमा रोकियो

२०७९ चैत्र ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले थ्रीस्टार क्लबलाई १–० ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलका लागि एनकोटो सिनोस मसोआबीले एक मात्र गोल गरे । खेलको १६ औं मिनेटमा मासोबीले गोल गरेका थिए ।

च्यासल रंगशालामा भएको अर्को खेलमा चर्च ब्वाइज युनाइटेडले मछिन्द्र फुटबल क्लबसँग गोलरहित बराबरी खेलेको छ । मिडफिल्डर पुजन उपरकोटीले जोस्पेह ओउसु बेम्पाहलाई फाउल गरेपछि मछिन्द्रले खेलको दोस्रो हाफ १० खेलाडीसँग खेलेको थियो । खेलको ४२औं मिनेटमा बेम्पाहलाई कुहिनोमा हानेपछि उपरकोटीलाई सिधा रातो देखाइएको थियो ।
संख्यात्मक कमजोरीका बाबजुद मछिन्द्रले आफ्नो पकड कायम राखेको र चर्च ब्वाइजले गतिरोध तोड्ने थुप्रै अवसर गुमाएपछि दुवै पक्षले अंक बाँडे । सातदोबाटो युथ क्लब १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । चर्च ब्वाइज ११ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । जावलाखेल १० अंकसहित तेस्रो स्थानमा छ ।
शनिबार दिउँसो २ः३० बजे च्यासल रंगशालामा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा नेपाल पुलिस क्लबले न्यूरोड टिमसँग खेल्नेछ भने तेस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले एपीएफ फुटबल क्लबसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

तिलोत्तमा गोल्डकपको उपाधि नजिक पुग्न थ्री स्टारले आज सुदूरपश्चिमको सामना गर्दै

थ्री नेसन्स फुटबल: ७ वर्षपछि लाओस विरुद्ध भिड्दै नेपाल

जगदम्बा जितपुर सिमरा गोल्डकपको १३औं संस्करणको तयारी अन्तिम चरणमा

फ्रान्सको राष्ट्रिय टिमको कप्तानमा एमबाप्पे

आजवाट प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल, पहिलो खेल नेपाल र लाओसबिच हुने

पारसको टोली एसियन लायन्स च्याम्पियन

गण्डकी प्रदेशका क्रिकेट खेलाडीलाई सम्मान

त्रिदेशीय फुटबल खेल्न नेपाली टोली तय, को–को समेटिए ?

मेस्सी र एमबाप्पेको जादु नचल्दा पिएसजीकाे चौथो हार

साकाको जादुमय गोलसँगै आर्सनलको सानदार जीत

फ्रेन्ज लिग वानमा शीर्ष स्थानको पीएसजी पराजित

आत्मघाती गोलका बाबजुद रियललाई हराउँदै बार्सिलोनाको जीत

%d bloggers like this: