सदाबहार खबरको रफ्तार ....
चैत्र ८, २०७९ बुधबार
March 22, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

उपेन्द्रका लागि सहज छैन संसद् प्रवेश

२०७९ चैत्र ४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवलाई संसद्मा प्रवेश गर्ने ढोका खुलेको छ । जसपा संसदीय दलका नेतासमेत रहेका बारा २ बाट निर्वाचित सांसद रामसहायप्रसाद यादव शुक्रबार उपराष्ट्रपतिमा निर्वाचित भएसँगै सो क्षेत्रमा उनले उपनिर्वाचन लड्ने आन्तरिक रणनीति बनाएका हुन् ।

जसपा अध्यक्ष यादवका विश्वास पात्रका रूपमा रहेका पूर्वमन्त्री यादव जसपाको महासचिवको समेत जिम्मेवारी निर्वाह गरिसकेका थिए । कलैयास्थित पन्नादेवी उच्च माविमा शिक्षण पेसामा संलग्न रहेका यादव २०६४ मा सांसदमा निर्वाचित भएपछि सरकारी शिक्षकबाट राजीनामा गरेर पूर्णकालीन राजनीतिमा सक्रिय भएका थिए । तत्कालीन मधेसी जनअधिकार फोमरमा लागेका यादव मधेस आन्दोलनमा सक्रिय मात्रै थिएनन् । प्रत्येक मधेस आन्दोलनमा बारा, पर्सा, रौतहटलगायतका जिल्लामा ‘कमान्डर’का रूपमा भूमिका निर्वाह गर्दै आएका थिए ।

जसपाले संसदीय दलका नेता यादवलाई उपराष्ट्रपति बनाएर पार्टी अध्यक्ष उपेन्द्रलाई बारा २ मा हुने उपनिर्वाचनमा उम्मेदवार बनाउने रणनीति यसअघि नै बनाएको हो । उपराष्ट्रपति रामसहाय निर्वाचित भएपछि बारा २ मा उपनिर्वाचन हुनेछ । सत्तारूढ गठबन्धनभित्र समेत बारा २ मा हुने उपनिर्वाचनमा उपेन्द्रलाई सहयोग गर्ने आन्तरिक समझदारी बनेको छ । यद्यपि निर्णय गर्न भने बाँकी नै रहेको छ ।

सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग पराजित भएपछि उपेन्द्र सुरक्षित क्षेत्र खोज्दै उपनिर्वाचनबाट संसद्मा पुन प्रवेशको मौकामा थिए । त्यसैले बारा २ उनी आफ्ना लागि सुरक्षित रहेकाले आफ्ना विश्वास पात्रलाई उपराष्ट्रपति बनाउने निर्णय पार्टीबाट गराए ।

आमनिर्वाचनका बेला उपेन्द्रलाई बारा २ र बारा ३ बाट उम्मेदवार हुन स्थानीय पार्टी कमिटीले सिफारिस गरेको थियो । तर, उनी सप्तरी २ नै रोजेका थिए । अब उनी बारा २ बाट उपनिर्वाचन लड्नेछन् ।

तर, जसपा कार्यकारिणी समितिका सदस्य एवं प्रवक्ता मनीष सुमनले पार्टी अध्यक्ष उपनिर्वाचन लड्ने कि नलड्ने भन्ने’बारे पार्टीभित्र छलफल वा कुनै निर्णय नभएको बताए ।राजधानी दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

प्रयोगमै नरहेका विषादीको परीक्षण

आन्तरिक कर्जा ३.९ र निक्षेप ५ प्रतिशतले बढ्यो

स्टार्ट अप विनाधितो कर्जा पाउने बाटो खुला

जुनसुकै व्यक्तिको फोन रेकर्ड गर्न सकिने कानुन ल्याउँदै

गठबन्धन दलहरुलाई सांसद संख्याका आधारमा मन्त्री

भागबन्डा पु-याउन प्रचण्डलाई सकस

मन्त्री छनोटमा कांग्रेसको प्राथमिकता प्रत्यक्षलाई

मलको अनुदान यथावत् राखिने

पशु बलि दिएर छावालाई तालिम

चिनियाँ जहाज बेच्न मूल्याङ्कनका लागि आयो टोली

रवि लामिछानेलाई उम्मेदवार बन्ने बाटो खुल्यो

८ लाख सेवाग्राही लाइसेन्सको पर्खाइमा

%d bloggers like this: